Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

निर्वाचनका बेला १० दिनमै पेट्रोलियम पदार्थको खपत २५ प्रतिशतसम्म बढ्नसक्ने

निर्वाचनका बेला १० दिनमै पेट्रोलियम पदार्थको खपत २५ प्रतिशतसम्म बढ्नसक्ने


  • 470
    Shares

    निर्वाचनका बेला १० दिनमै पेट्रोलियम पदार्थको खपत २५ प्रतिशतसम्म बढ्नसक्ने

    काठमाडौं । निर्वाचनका कारण १० दिनमै पेट्रोल, डिजेलसहित पेट्रोलियम पदार्थको खपत २५ प्रतिशतसम्म बढ्ने सरकारी अधिकारीहरुले अनुमान गरेका छन् । नेपाल आयल निगमकाअनुसार चुनावका बेला पेट्रोलियम पदार्थ खपत ह्वातै बढ्ने भएकाले त्यसैलाइ लक्षित गरेर इन्धन व्यवस्थापनको तयारी सुरु गरिएको छ ।

    सामान्य अवस्थामा भन्दा चाडपर्वमा जस्तै चुनावमा पनि ठूलो परिणाममा पेट्रोलियम पदार्थ खपत हुने अनुमानसहित निगमले सोही अनुसारको इन्धन व्यवस्थापनका लागि तयारी थालेको अधिकारीहरुले बताएका छन् ।
     
    नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले चाडपर्वमा जस्तै चुनावका लागि आयाल निगमले इन्धन भण्डारण पर्याप्त गर्न सबै डिपोहरुलाई निर्देशन दिन लागेको बताए। उनका अनुसार चुनाव आसपासमा केही दिन नाकाहरु समेत बन्द हुने भएकाले सोही अनुसारको इन्धन व्यवस्थापन गर्न डिपोलाई निर्देशन दिइँदैछ । 

    कार्यकारी निर्देशक भट्टकाअनुसार अहिले करिब २०-२५ लाख लिटर पेट्रोल औषतमा खपत हुने गरेको छ । डिजेल ३८-४० लाख लिटर खपत हुने गरेको छ । चुनावको १० दिनअघि मात्रै औषतमा २०-२५ प्रतिशत खपत वृद्धि हुने अनुमान छ ।

    त्यही अनुसारको स्टक राखेर अघि बढ्ने बताइएको छ ।चुनावका बेला बोर्डर बन्द हुने भएकोले इन्धन दुवानीमा आयल निगम पहिल्यै चनाखो हुने कार्यकारी निर्देशक भट्टले बताए । 

    प्रकाशित मिति :माघ ७ २०८२ बुधवार - १६:३६:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij