२०८२ माघ ७ गते बुधवार
काठमाडौं । चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो ६ महिनामा नेपालको वैदेशिक व्यापारको आकार १० खर्ब ८१ अर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा आयात र निर्यात दुवैमा वृद्धि भए पनि व्यापार घाटामा समेत वृद्धि देखिएको छ ।
१० खर्ब ८१ अर्ब ४ करोड बराबरको वैदेशिक व्यापार भएको छ । जुन अघिल्लो वर्षको तुलनामा १७.३६ प्रतिशतले बढी हो । कुल व्यापारमध्ये ९ खर्ब ३९ अर्ब २ करोड बराबरको आयात भएको छभने १ खर्ब ४२ अर्ब १ करोड बराबरको वस्तु निर्यात भएको विभागले जनाएको छ ।
यस्तै गत वर्षको यसै अवधिमा ८ खर्ब २२ अर्ब ३७ करोड बराबरको आयात हुँदा ९८ अर्ब ७८ करोड बराबरको वस्तु निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ । यसअनुसार गत वर्षको तुलनामा आयात १४.१८ प्रतिशतले बढेको छ भने निर्यातमा ४३।७६ प्रतिशतले बढेको छ ।
गत वर्षको तुलनामा व्यापार घाटा १०.१५ प्रतिशतले बढेर ७ खर्ब ९७ अर्ब ४ करोड ८६ लाख रुपैयाँ कायम भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij