Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

माधव नेपालको उम्मेदवारीविरुद्ध उजुरी

माधव नेपालको उम्मेदवारीविरुद्ध उजुरी


  • 2.2K
    Shares

    माधव नेपालको उम्मेदवारीविरुद्ध उजुरी
    images

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं माधव नेपालको उम्मेदवारीविरुद्ध उजुरी परेको छ । उम्मेदवारी खारेजीको माग गर्दै बुधबार रौतहट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनी विरुद्ध उजुरी परेको हो । 

    क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका नेपालविरुद्ध सोही क्षेत्रका स्वतन्त्र उम्मेदवार रामनरेश राय यादवले उजुरी दिएको मुख्य निर्वाचन अधिकृत मनोज केसीले बताएका छन् । 

    उजुरीमा भनिएको छ, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम निज निलम्बन भएको तथा उक्त मुद्दा विचाराधीन अवस्थामा रहेकोले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ अनुसार उहाँ उम्मेदवार हुन अयोग्य हुनु भएको हुँदा उहाँको उम्मेदवारी खारेज गरी पाउन सादर अनुरोध छ ।’

    598370541_935263368841236_5117806352784647089_n.png

    प्रकाशित मिति :माघ ७ २०८२ बुधवार - १७:४४:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij