Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

के वीर्य स्खलनपछि शरीर कमजोर हुन्छ ? के लिंग फ्र्याक्चर हुन सक्छ ?

के वीर्य स्खलनपछि शरीर कमजोर हुन्छ ? के लिंग फ्र्याक्चर हुन सक्छ ?


  • 10.1K
    Shares

    • images
    के वीर्य स्खलनपछि शरीर कमजोर हुन्छ ? के लिंग फ्र्याक्चर हुन सक्छ ?
    images

    वीर्य स्खलनपछि शरीर कमजोर हुँदैंन। वीर्यमा प्रोटिन हुने कुरा सही हो, तर, यो अति नगण्य मात्रामा हुन्छ। तुलनात्मक रुपमा जटि प्रोटिन शरीरले ग्रहण गर्छ, त्यसको तुलनामा वीर्य स्खलनबाट निस्किएको प्रोटिनको मात्रा नगण्य हुन्छ। एक या दुई दाना बदाम खानाले नै वीर्यबाट निस्किएको प्रोटिनको दुईगुणा प्रोटिन शरीरले पाउछ।

    के लिंग फ्र्याक्चर हुन सक्छ ?

    हो, लिंग फ्र्याक्चर हुन सक्छ। जब लिंगका तन्तुहरु चुडिन्छन्, त्यसलाई पेनाइल फ्रयाक्चर भनिन्छ। विशेषज्ञका अनुसार बढी उत्तेजित भएर गलत ढंगबाट सेक्स गर्दा पेनाइल फ्रयाक्चर हुन सक्छ। लिंगमा अचानक चोट लाग्दा पनि यस्तो हुन्छ। लिंगभित्र दुईवटा नली हुन्छन्, जो मांसपेशीको बीचमा हुन्छ। सेक्सको समयमा यो मांसपेशी कडा हुन्छ।

    त्यतिखेर यो मांसपेशीमा तनाव हुन्छ। यस्तो स्थितिमा तन्तुमा आघात पुग्यो भने चुडिन्छ र त्यसक्रममा हल्का रगत पनि निस्कन्छ। लिंग सुन्निन्छ र निलो हुन्छ। यस्तो अवस्थामा लिंगमा असह्य पीडा हुन्छ। लिंगलाई जबर्जस्ती बटार्दा पनि पेनाइल फ्रयाक्चर हुन्छ। सम्भोगको महिला माथि हुने आसनमा पनि पेनाइल फ्रयाक्चर हुने सम्भावना हुन्छ।

    पेनाइल फ्रयाक्चरको एकमात्र समाधान अपरेशन हो। यौन चिकित्सकका अनुसार अपरेशन पछि पुरुष फेरि सेक्स गर्न सक्षम हुन्छ। यदि समयमै औषधि गरिएन भने पछि यसले गम्भीर रुप पनि लिन सक्छ।

    प्रकाशित मिति :आषाढ २३ २०७८ बुधवार - ११:३९:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij