Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

प्रधानमन्त्री ओलीले हप्काएपछि कृष्णगोपालले रुपा संग मागे माफी, आयोगले पार्यो र्‍याखर्‍याख्ती

प्रधानमन्त्री ओलीले हप्काएपछि कृष्णगोपालले रुपा संग मागे माफी, आयोगले पार्यो र्‍याखर्‍याख्ती


  • 14.7K
    Shares

    प्रधानमन्त्री ओलीले हप्काएपछि कृष्णगोपालले रुपा संग मागे माफी, आयोगले पार्यो र्‍याखर्‍याख्ती
    images

    हिजो दिउँसो २ बजे शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ आफ्ना स्वकीयलाई पछि लगाएर अकस्मात पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय छिरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगले शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठसँग रुपा सुनार प्रकरणमा स्पष्टिकरण मागेको छ । मंगलबार कार्यालयमै बोलाएर आयोगले उक्त घटनामा श्रेष्ठसँग स्पष्टिकरण मागेको आयोगले जनाएको हो । मन्त्री श्रेष्ठले रुपा संग माफी मागिसकेको बताईएको छ। 

    आयोगले उनलाई आयोगको कार्यालयमा बोलाएर स्पष्टीकरण मागेको आयोगका प्रवक्ता समेत रहेका सहसचिव डा. टिकाराम पोखरेलले जानकारी दिए । 

    तनहुँकी रुपा सुनारले थरकै आधारमा आफूलाई काठमाडौंको बबरमहलमा घरबेटीले कोठा नदिएको भन्दै सरस्वती प्रधान विरुद्ध महानगरीय प्रहरी वृत सिंहदरबारमा उजुरी दिएकी थिइन् । उजुरी गरेको ३ दिनपछि प्रधान पक्राउ परेकी थिइन् ।

    सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नू भन्दै प्रधानलाई थुना मुक्त गर्न प्रहरीलाई आदेश दिएकै दिन प्रहरीबाट प्रधानलाई छुटाउन असार ९ गते शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ झण्डा सहितको सरकारी गाडी लिएर अनामनगर स्थित महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए । उनले प्रधानलाई आफ्नै गाडीमा हालेर घर पुर्याएका थिए ।

    उक्त घटनापछि शिक्षामन्त्री श्रेष्ठको चौतर्फी बिरोध भइरहेको छ भने मन्त्रीबाट नै राजिनामा माग भइरहेको छ । 

    प्रकाशित मिति :आषाढ १६ २०७८ बुधवार - १३:२०:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij