२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूहको शेयर लिलामीमा बिक्री खुल्ला गरेको छ ।
कम्पनीले कोषको रहेको १ लाख कित्ता संस्थापक शेयर लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेको हो । लिलामी शेयरमा आजदेखि असार १८ गतेसम्म बोलपत्र पेश गर्न सकिने छ ।
लिलामीमा राखिएको शेयरको न्यूनतम मूल्य १२ सय रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताहरुले सो वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ ।
लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij