२०८२ माघ ७ गते बुधवार
काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से ९.४३ अंकले घटेर २,७०५ को विन्दुमा कायम भएको छ ।
आज ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७४ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२४ कम्पनीको २ करोड १६ लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९२ करोडको शेयर कारोबार भएको छ ।
यस दिन बैंकिङ समूह २.२५, विकास बैंक ३४.६२, वित्त ४३.२८, होटल १४०.३३, जलविद्युत् १.१५, लगानी ०.६८, जीवन बीमा ४७.८८, उत्पादनमूलक ४२.९७, लघुवित्त १२.७७, सामूहिक लगानी कोष ०.१३, निर्जीवन बीमा ३३.६८ र व्यापार ५२.४० अंकले घटेका छन् । तर, बुधबार अन्य समूह मात्रै ६.३४ अंकले बढेको छ ।
आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत कम्पनीको ४३ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३३ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij