Logo

२०८३ मंसिर १३ गते आइतवार

२०८३ मंसिर १३ गते आइतवार

पुलबाट मोटरसाइकल खस्दा चालकको घटनास्थलमै मृ*त्यु

पुलबाट मोटरसाइकल खस्दा चालकको घटनास्थलमै मृ*त्यु

images

  • 225
    Shares

    पुलबाट मोटरसाइकल खस्दा चालकको घटनास्थलमै मृ*त्यु
    images

    काठमाडौं ।  झापाको भद्रपुरस्थित देउनियाँ पुल माथिबाट मोटरसाइकल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक ३५ वर्षीय रणबहादुर भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।

    मेची राजमार्गको चारआली केचना सडक खण्ड अन्तरगतको भद्रपुर-३ स्थित देउनियाँ पुलमुनि शनिबार राति मोटरसाइकल अनियन्त्रित भई पुल माथिबाट खस्दा दुर्घटना भएको थियो । 

    पुलभन्दा ३० मिटर तल घोप्टो परी मृत अवस्थामा भट्टराईको शव आइतबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव नजिकै सुपर स्प्लेण्डर मोटरसाइकलसमेत रहेको जनाइएको छ ।  

    मोटरसाइकलको अगाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ । घटनास्थलमा वडा प्रहरी कार्यालय भद्रपुरको टोली पुगेर कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाउने जनाइएको छ । दुर्घटना तीव्र गतिका कारण हुन सक्ने प्रहरीको अनुमान छ । 

     

    प्रकाशित मिति :मंसिर १३ २०८३ आइतवार - ११:२७:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij