Logo

२०८३ मंसिर १३ गते आइतवार

२०८३ मंसिर १३ गते आइतवार

फेरि लगातार बढ्न थाल्यो सुनचाँदीको मूल्य

फेरि लगातार बढ्न थाल्यो सुनचाँदीको मूल्य

images

  • 323
    Shares

    फेरि लगातार बढ्न थाल्यो सुनचाँदीको मूल्य
    images

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ। शुक्रबार तोलामा ३ हजार ३०० रुपैयाँले बढेको सुनको भाउ आज थप २ हजार रुपैयाँले वृद्धि भएको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको छ।

    यसअघि गत बिहीबार पनि सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले बढेको थियो। बिहीबारको तुलनामा शुक्रबार ३ हजार ३०० रुपैयाँले वृद्धि हुँदा सुनको भाउ २ लाख ४६ हजार १०० रुपैयाँ पुगेको थियो।

    यसरी पछिल्ला तीन दिनमा सुनको मूल्य प्रतितोला ६ हजार ७०० रुपैयाँले बढेको छ।

    गत कात्तिक २३ गतेदेखि एक सातासम्म लगातार घटेको सुनको मूल्यमा ४१ हजार ७०० रुपैयाँको गिरावट आएको थियो।

    यता चाँदीको मूल्य पनि आज बढेको छ। महासंघका अनुसार चाँदीको भाउ प्रतितोला १२० रुपैयाँले बढेर ३ हजार २१५ रुपैयाँ कायम भएको छ।

    गत माघ १५ गते सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो। यो नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो। त्यसयता झण्डै १० महिनाको अवधिमा सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँले घटेको छ।

    त्यस्तै, गत माघ १५ गते चाँदीको मूल्य प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको थियो। यो पनि हालसम्मकै उच्च मूल्य हो। गत माघ १८ गते चाँदीको मूल्य एकैदिन प्रतितोला १ हजार ५६५ रुपैयाँले घटेको थियो।

    प्रकाशित मिति :मंसिर १३ २०८३ आइतवार - १०:५८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij