Logo

२०८३ मंसिर १३ गते आइतवार

२०८३ मंसिर १३ गते आइतवार

मौसम पूर्वानुमान

आज यी भूभागमा वर्षा र हिमपातको सम्भावना

आज यी भूभागमा वर्षा र हिमपातको सम्भावना

images

  • 155
    Shares

    आज यी भूभागमा वर्षा र हिमपातको सम्भावना
    images

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो मुख्यतया मौसम सफा रहने जानकारी दिएको छ ।

    देशको हिमाली क्षेत्रका साथै कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    त्यस्तै, हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

    आज राति, कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

    कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । बिहानपख उपत्यका र खोँचहरूका साथै तराई भू-भागका थोरै स्थानमा हुस्सु/कुहिरो लाग्ने महाशाखाले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर १३ २०८३ आइतवार - ०७:४६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij