Logo

२०८३ मंसिर १३ गते आइतवार

२०८३ मंसिर १३ गते आइतवार

झारखण्डमा दुई गाडी ठोक्किँदा १३ जनाको मृ*त्यु

झारखण्डमा दुई गाडी ठोक्किँदा १३ जनाको मृ*त्यु

images

  • 323
    Shares

    झारखण्डमा दुई गाडी ठोक्किँदा १३ जनाको मृ*त्यु
    images

    काठमाडौं । भारतको झारखण्ड राज्यको रामगढ जिल्लामा शनिबार राति भएको सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ ।

    राँची–पटना राजमार्गअन्तर्गत एनएच–३३ को पैंकी क्षेत्रमा स्कोर्पियो र अर्को एक गाडी राति करिब २ बजे ठोक्किएका थिए ।

    दुर्घटनामा चार बालबालिका, चार महिला र पाँच पुरुष गरी १३ जनाको मृत्यु भएको रामगढ प्रहरीले जनाएको छ ।

    बिहारको नालन्दा जिल्लास्थित जांघारो गाउँका १४ जना स्कोर्पियोमा चढेर रामगढ जिल्लाको रजरप्पा मन्दिरमा पूजा गर्न जाने क्रममा दुर्घटनामा परेका हुन् । 

    दुर्घटनामा घाइते एक जनाको सदर अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ । 

     

    प्रकाशित मिति :मंसिर १३ २०८३ आइतवार - १०:००:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij