२०८३ मंसिर १२ गते शनिवार
काठमाडौं । खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बेच्न खोजेकाे आरोपमा प्रहरीले काठमाडौंको टुकुचाबाट आठ जनालाई नियन्त्रणमा लिएको छ ।
त्यस्तै, काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाको मेलुङ गाउँपालिका–१ घर भई पुतलीसडक बस्ने २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–२ घर भई मैजुबहाल बस्ने २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–२८ स्थित टुकुचा खसी बजारमा बाख्री तथा पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले आज करिब ४ बजे बजारमा चेकजाँच गर्ने क्रममा ५६७ केजी बाख्रीको मासु दुईवटा गाडीमा लोड गर्दै गरेको अवस्थामा फेला पारेको जनाएको छ । प्रहरीका अनुसार बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअपमा मासु लोड भइरहेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij