Logo

२०८३ मंसिर १२ गते शनिवार

२०८३ मंसिर १२ गते शनिवार

बन्यो गोरखकाली रबर उद्योग सञ्चालन मोडालिटी

बन्यो गोरखकाली रबर उद्योग सञ्चालन मोडालिटी

images

  • 827
    Shares

    बन्यो गोरखकाली रबर उद्योग सञ्चालन मोडालिटी
    images

    काठमाडौं । प्रतिनिधिसभा सदस्य सुशील खड्काको संयोजकत्वमा गठित गोरखकाली रबर उद्योग पुनरुत्थान तथा नेपाल सरकारको लगानीको प्रभावकारी व्यवस्थापन अध्ययन गर्न गठित उपसमितिले प्रतिवेदन बुझाएको छ ।

    समितिले सरकारी लगानी व्यवस्थापन समिति समक्ष प्रतिवेदन पेस गरेको हो । प्रतिवेदनमा गोरखकाली रबर उद्योग (प्रतिष्ठान) को पुनरुत्थान तथा नेपाल सरकारको लगानीको प्रभावकारी व्यवस्थापन सम्बन्धी विषय समेटिएको छ ।

    उपसमितिले गोरखकाली रबर उद्योग सम्बन्धी सम्पत्ति दायित्व मूल्यांकन प्रतिवेदनमा प्रस्तुत वित्तीय, सम्पत्ति, उत्पादन क्षमता, स्वामित्व तथा विकल्प सम्बन्धी तथ्य समीक्षा गरेको छ ।

    विषयविज्ञ सहित उपसमिति सदस्यहरूको उद्योग परिसर, रबर खेतीस्थल र निजी प्रतिष्ठानहरूको स्थलगत अवलोकन र छलफलका साथै अन्य सरोकारवालासँगको अन्तर्क्रिया तथा छलफल गरेको जनाइएको छ । प्रतिवेदनले गोरखकाली रबर उद्योग लगायत सार्वजनिक लगानीका बन्द तथा सञ्चालनमा रहेका सरकारी संस्थानहरूको व्यवस्थापनका लागि विभिन्न सञ्चालन मोडेल प्रस्ताव गरिएको छ ।

    प्रस्तावित विकल्पमा प्रतिष्ठानको सेयर व्यवस्थापन गर्ने, संस्थालाई सुधार गरी सञ्चालनका लागि करारमा दिने वा संस्थाका सम्पूर्ण सम्पत्ति व्यवस्थापन गर्ने विकल्प समेटिएका छन् ।

    साथै, यो प्रतिवेदनमा गोरखकाली रबर उद्योगको सम्पत्तिलाई मौद्रिकीकरण तथा पुनर्संरचना गरी प्रतिष्ठानलाई लगानी सहित सञ्‍चालन करारमा दिने, रेभिन्यु–बेस्ड फाइनान्सिङ मोडेल साथै  ६ सय ६४ रोपनी जग्गा व्यवस्थापन सम्बन्धी सुझाव पनि समेटिएका छन् ।

    प्रतिवेदन पेस भएपछि यही अवधारणा अन्तर्गत उदयपुर र हेटौँडाका सम्बन्धमा पनि काम अघि बढाइने उपसमिति संयोजक खड्काले बताए । यही मोडालिटीमा ४५ भन्दा बढी सार्वजनिक लगानीका कम्पनी समेटेर मास्टर मोडेल तयार गरिएको पनि संयोजक खड्काले जानकारी दिए ।

    प्रकाशित मिति :मंसिर ११ २०८३ शुक्रवार - १७:३५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij