Logo

२०८३ मंसिर ११ गते शुक्रवार

२०८३ मंसिर ११ गते शुक्रवार

Advertisement

Advertisement

१५ वर्षदेखि निर्माणाधीन कमला पुल पुस पहिलो साताबाट सञ्चालनको तयारी

१५ वर्षदेखि निर्माणाधीन कमला पुल पुस पहिलो साताबाट सञ्चालनको तयारी

images

  • 281
    Shares

    १५ वर्षदेखि निर्माणाधीन कमला पुल पुस पहिलो साताबाट सञ्चालनको तयारी
    images

    काठमाडौं ।  पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदीको निर्माणाधीन पुल १५ वर्षपछि सञ्चालनमा आउने भएको छ ।

    आगामी पुस पहिलो सातादेखि हलुका सवारीसाधन, मोटरसाइकल र पैदलयात्रीका लागि पुल खुला गर्ने तयारी भइरहेको हुलाकी सडक निर्देशनालय जनकपुरधामका प्रमुख इन्जिनियर कृष्ण महतोले जानकारी दिए ।

    मंसिरको पहिलो साताभित्रै सञ्चालनमा ल्याउने लक्ष्य राखिएपनि एप्रोच सडक निर्माण, पुलमाथि वियरिङ कोर्स बिछ्याउने, रेलिङ जडान तथा रङरोगनको काम बाँकी रहेपछि सञ्चालन मिति पछि सारिएको हो ।

    कमला पुल निर्माणको ठेक्का विसं २०६८ मा पप्पु–लुम्बिनी जेभीले पाएको थियो । विसं २०७८ असारमा उद्घाटनको तयारी थियो । तर, बाढीले पुलको पिलर भाँचिएपछि जीर्ण बनेको थियो ।

    बाढीले क्षति पुर्‍याएपछि सोही निर्माण कम्पनीले अहिले पुलको पुनःनिर्माण गरिरहेको छ । पुल पुनःनिर्माणमा भएको ढिलाइका कारण स्थानीयवासीले लामो समयसम्म खोला वारपार गर्न डुङ्गाको सहारा लिनुपरेको छ । हाल पुलको पूर्व र पश्चिमतर्फको सडक जोड्न माटो पुर्ने कामसमेत भइरहेको छ ।

    प्रकाशित मिति :मंसिर ११ २०८३ शुक्रवार - १७:१५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij