Logo

२०८३ मंसिर ११ गते शुक्रवार

२०८३ मंसिर ११ गते शुक्रवार

Advertisement

Advertisement

अपडेट

सातै प्रदेशमा ८३८ विशेषज्ञ चिकित्सक खटाइए

सातै प्रदेशमा ८३८ विशेषज्ञ चिकित्सक खटाइए

images

  • 155
    Shares

    सातै प्रदेशमा ८३८ विशेषज्ञ चिकित्सक खटाइए
    images

    काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एमडी, एमएस र एमडिएस उत्तीर्ण ८३८ जना विशेषज्ञ चिकित्सकलाई सातै प्रदेशमा खटाएको छ। यससँगै विशेषज्ञ उपचारका लागि काठमाडौँ तथा ठुला सहर धाउनुपर्ने बाध्यता क्रमशः घट्दै जाने अपेक्षा गरिएको छ।

    मन्त्रालयको विवरणअनुसार बागमती प्रदेशमा सबैभन्दा बढी २०८, कोशीमा १५४, लुम्बिनीमा १३३ र गण्डकीमा १२९ जना विशेषज्ञ चिकित्सक खटाइएका छन्। त्यसैगरी मधेस प्रदेशमा ८६, सुदूरपश्चिममा ७६ र कर्णालीमा ५२ जना चिकित्सक खटाइएका छन्।

    खटाइएकामध्ये ५११ जना चिकित्सक प्रदेश स्वास्थ्य मन्त्रालयमा खटिएका छन् भने बाँकी ३२७ जना सङ्घीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खटाइएका छन्। सङ्घीय सरकारबाट प्रदेशमा खटाइएका चिकित्सकलाई प्रदेश सरकारले आफ्नो आवश्यकता,प्राथमिकता र कार्यक्षेत्रअनुसार स्थानीय तहका स्वास्थ्य संस्थामा परिचालन गरी सेवा प्रवाहलाई थप प्रभावकारी र सहज बनाउन सक्ने व्यवस्था छ।

    प्रकाशित मिति :मंसिर ११ २०८३ शुक्रवार - १७:०७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij