Logo

२०८३ मंसिर १० गते बिहिवार

२०८३ मंसिर १० गते बिहिवार

फोहोरबाट ऊर्जा उत्पादन परियोजना

फोहोरबाट विद्युत उत्पादन गर्ने तयारी

फोहोरबाट विद्युत उत्पादन गर्ने तयारी

images

  • 246
    Shares

    फोहोरबाट विद्युत उत्पादन गर्ने तयारी
    images

    काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापनको मुद्दा राजनीतिक मुद्दा भन्दा ठूलो रहेको बताएका छन् । बिहीवार टेकुस्थित बायो–मिथेनेसन प्लान्टको परीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

    मन्त्री श्रेष्ठले फोहोरको मुद्दा समयमै व्यवस्थापन गरी नेपाललाई सफा बनाउने अभियानमा सबै लाग्नुपर्ने बताएका छन् । महानगरपालिकाले अघि सारेको तीन कार्यक्रममध्ये काठमाडौंलाई रिचार्ज गर्ने र फोहोरबाट बायोग्यास निकाल्ने काम पूरा भएको बताएका छन् । काठमाडौंको फोहोरबाट १४ किलोवाट विद्युत उत्पादन हुने अनुमान गरिएको भएपनि अहिले उपकरण बिग्रिएकाले केही समय सम्भव नरहेको बताएका छन् । 

    तर विद्युत उत्पादनका लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रलाई उपकरण बनाउने काममा लाग्न निर्देशन दिइसकेको जानकारी दिएका छन् । मन्त्री श्रेष्ठले फोहोरबाट विद्युत उत्पादन गर्न सकिन्छ भन्ने नजिर काठमाडौंमा महानगरले देखाएपछि अन्य पालिकाहरुलाई पनि उत्पादन गर्न सहज हुने विश्वास व्यक्त गरेका छन्। 

    मन्त्री श्रेष्ठले सिसडोलको फोहोरलाई अब दैनिक तीन हजार किलो हटाउने गरी काम शुरु गर्ने योजना बनाएको जानकारी दिएका छन् । महानगरले आगामी दिनमा एक किलो फोहोर पनि अन्यत्र लगेर फाल्न नपर्ने गरी काम गर्नुपर्ने बताएका छन्। उनले एलपिजी मुक्त स्थानीय सरकार भन्ने सरकारको उद्देश्यलाई यो कामले पूरा गर्ने बताएका छन् । यसका लागि नीतिगत अस्पष्टता रहेको भएपनि आवश्यक छलफल र समन्वय गरेर अघि बढ्ने जानकारी दिएका छन् ।  

    प्रकाशित मिति :मंसिर १० २०८३ बिहिवार - १३:१४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij