Logo

२०८३ मंसिर १० गते बिहिवार

२०८३ मंसिर १० गते बिहिवार

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

images

  • 169
    Shares

    जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने
    images

    काठमाडौं । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका प्रमुख सहरहरूमा वर्षाको कुनै सम्भावना छैन।  

    विभागले सार्वजनिक गरेको मौसम पूर्वानुमानअनुसार काठमाडौं उपत्यकामा दिउँसो र राति मौसम मुख्यतया सफा रहनेछ। यहाँको अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ७ देखि ९ डिग्री सेल्सियससम्म रहने अनुमान छ।

    पहाडी तथा हिमाली क्षेत्रमा भने चिसो बढ्दै गएको छ। विशेषगरी जुम्लामा रातिको न्यूनतम तापक्रम माइनस ९ देखि माइनस ७ डिग्री सेल्सियससम्म झर्ने अनुमान गरिएको छ। दिउँसो भने त्यहाँको तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म पुग्नेछ।

    यस्तै, जिरीमा रातिको तापक्रम ० देखि २ डिग्री र जोमसोममा ४ देखि ६ डिग्री सेल्सियससम्म रहने पूर्वानुमान छ। ओखलढुङ्गा, धनकुटा, ताप्लेजुङ र जिरीमा दिउँसो तथा राति आंशिक बादल लाग्नेछ।

    तराईका जिल्लामा दिउँसो मौसम सफा रहे पनि राति र बिहानको समयमा कुहिरो तथा हुस्सु लाग्ने सम्भावना छ। विराटनगर र जनकपुरमा अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्नेछ।

    भैरहवा र धनगढीमा राति तथा बिहान कुहिरो लाग्ने अनुमान गरिएको छ। त्यस्तै, नेपालगञ्ज, सिमरा, दिपायल, वीरेन्द्रनगर र पोखरामा बिहान हुस्सु लाग्न सक्ने विभागले जनाएको छ।

    तापक्रमका आधारमा आज जनकपुर र विराटनगर तुलनात्मक रूपमा न्यानो रहनेछन् भने जुम्ला देशकै सबैभन्दा चिसो स्थान बन्ने देखिएको छ। बिहान र रातिको चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ। 

    929976798_1610271683738649_3926192216347899756_n_eXfGPY6IYl.webp

    प्रकाशित मिति :मंसिर १० २०८३ बिहिवार - १०:१५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij