२०८३ मंसिर १० गते बिहिवार
आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल मंसिर १० गते । बिहीबार । इस्वी सन् २०२६ नोभेम्बर २६ तारिख । नेपाल संवत् ११४७ । रौद्र संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४८ । मंसिर कृष्णपक्ष । तिथि–द्वितीया, बेलुकी ४ बजेर ४९ मिनेट उप्रान्त तृतीया । नक्षत्र–मृगशिरा, बेलुकी १० बजेर ८ मिनेट उप्रान्त आद्र्रा । योग–सिद्ध, दिउँसो १२ बजेर ८ मिनेट उप्रान्त साध्य । करण–गर, बेलुकी ४ बजेर ४९ मिनेट उप्रान्त वणिज, रातको ३ बजेर ३९ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–मृत्यू योग । चन्द्रराशि–वृष, बिहान १० बजेर ५७ मिनेट उप्रान्त मिथुन ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ३४ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ६ मिनेट । दिनमान २६ घडी २२ पला ।
आजको बार बेला ।
बिहान ६ बजेर ३४ मिनेटसम्म शुभ बेला ।
बिहान ६ बजेर ३५ मिनेटदेखि बिहान ७ बजेर ५३ मिनेटसम्म रोग बेला ।
बिहान ७ बजेर ५४ मिनेटदेखि बिहान ९ बजेर १२ मिनेटसम्म उद्वेग बेला ।
बिहान ९ बजेर १३ मिनेटदेखि बिहान १० बजेर ३१ मिनेटसम्म चर बेला ।
बिहान १० बजेर ३२ मिनेटदेखि बिहान ११ बजेर ५० मिनेटसम्म लाभ बेला ।
बिहान ११ बजेर ५१ मिनेटदेखि दिउँसो १ बजेर ९ मिनेटसम्म अमृत बेला ।
दिउँसो १ बजेर १० मिनेटदेखि दिउँसो २ बजेर २९ मिनेटसम्म काल बेला ।
दिउँसो २ बजेर ३० मिनेटदेखि दिउँसो ३ बजेर ४८ मिनेटसम्म शुभ बेला ।
बेलुकी ३ बजेर ४९ मिनेटदेखि बेलुकी ६ बजेर ४८ मिनेटसम्म अमृत बेला ।
नोटः शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउँसो १ बजेर ९ मिनेटदेखि दिउँसो २ बजेर २८ मिनेटसम्म राहुकाल रहनेछ ।
नोटः राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।
ब्रहा मुहूर्त
बिहान ४ बजेर ५७ मिनेटदेखि बिहान ५ बजेर ४५ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
निरन्तरको मेहनत र लगनशीलताले काममा प्रगति हुनेछ। आफ्नो कार्यसम्पादनबाट प्रशंसा प्राप्त हुनुका साथै बढुवा वा पदोन्नतिका लागि गरिएका प्रयास सफल हुन सक्छन्। नयाँ ज्ञान र सीप सिक्ने अवसर मिल्नेछ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
बोल्नु अगाडि सोच्नु राम्रो हुन्छ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने हुन्छ । स्वास्थ्यमा समस्या आउनेछ । संकटमा परिवारको साथ मिल्नेछ । वैदेशिक कार्यमा र शिक्षामा सफलता मिल्नेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
मठमन्दिर तथा धार्मिक स्थलको भ्रमणले काममा अघि बढ्न थप ऊर्जा र उत्साह प्रदान गर्नेछ। रमणीय र सुखद् यात्राको अवसर मिल्नेछ। प्रेम तथा मित्रताको सम्बन्ध अझ प्रगाढ बन्नेछ। दाम्पत्य जीवनमा सुख र आत्मीयता बढ्नेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
विशिष्ट व्यक्तिको साथ र सहयोग प्राप्त हुनेछ। मनोरञ्जन तथा रमाइलो गतिविधिमा समय बित्नेछ। प्राविधिक क्षेत्रसम्बन्धी कारोबारबाट राम्रो लाभ लिन सकिनेछ। पुराना साथीभाइ वा आफन्तसँग पुनर्मिलन हुने योग छ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
दिन राम्रो छ । पुरानो साथीसँगको भेटले नयाँ योजना बन्नेछन् । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । परिवारको साथमा रमाइलो घुमघामको अवसर मिल्नेछ । भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
धार्मिक तथा सामाजिक महत्त्व बोकेका स्थानको भ्रमण हुनेछ। बुद्धि र विवेकको उचित प्रयोगबाट कठिन मानिएका कामसमेत सहजै सम्पन्न गर्न सकिनेछ। प्रेम तथा मित्रताको सम्बन्धमा आत्मीयता बढ्ने समय छ। प्रेमी वा प्रेमिकाबाट नयाँ ठाउँको भ्रमण गर्ने प्रस्ताव आउन सक्छ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आदर्श व्यक्तित्व भएका व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मल्नेछ। अध्ययन तथा अध्यापनका क्षेत्रमा प्रगति हुनेछ। दानपुण्य र परोपकारी गतिविधिमा सहभागी हुने अवसर मिल्नेछ। व्यापार व्यवसायबाट राम्रो उपलब्धि हासिल गर्न सकिनेछ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
नयाँ काम तथा योजनाका लागि विभिन्न अवसर प्राप्त हुनेछन्। प्राविधिक र वैदेशिक क्षेत्रमा सफलता मिल्ने योग छ। पर्यटकीय तथा रमणीय स्थलको भ्रमणले मन आकर्षित गर्नेछ। घरपरिवारमा शुभकार्यको चर्चा चल्नेछ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
झन्झटिला तथा जिम्मेवारीपूर्ण काममा बढी समय खर्चिनुपर्ने हुन सक्छ। शरीरमा कमजोरी र थकान महसुस हुनेछ। कसैले आकर्षक तर पूरा नहुने आश्वासन दिन सक्छन्। आकस्मिक खर्च बढ्दा आर्थिक अभावको सामना गर्नुपर्ने सम्भावना छ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आफ्नो सरल व्यवहार र बोलीबाट अरूको मन जित्न सकिनेछ। करिअर तथा पेसागत क्षेत्रमा नजिकका र मन मिल्ने साथीको सल्लाह महत्त्वपूर्ण साबित हुनेछ। प्राविधिक काममा संलग्न हुनेहरूका लागि लाभदायक समय रहनेछ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
धार्मिक तथा समाजसेवाका गतिविधिमा रुचि बढ्नेछ। आफन्त र मित्रवर्गको साथ तथा सहयोगले महत्त्वपूर्ण काम सम्पन्न गर्न सकिनेछ। गोप्य रूपमा अघि बढाइएका योजना र काममा सफलता मिल्नेछ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
महिला वा मित्रवर्गबाट विशेष साथ र सहयोग प्राप्त हुनेछ। बोली र अभिव्यक्तिमा प्रभावकारिता बढ्नेछ। प्रेम सम्बन्धमा निकटता र आत्मीयता बढ्नेछ। धार्मिक आस्था र आध्यात्मिक रुचिमा वृद्धि हुनेछ।
तपाईँको दिन शुभ रहोस् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij