Logo

२०८३ मंसिर ९ गते बुधवार

२०८३ मंसिर ९ गते बुधवार

दुई दिनको बढोत्तरीपछि सुनको मूल्यमा ठूलो गिरावट

दुई दिनको बढोत्तरीपछि सुनको मूल्यमा ठूलो गिरावट

images

  • 484
    Shares

    दुई दिनको बढोत्तरीपछि सुनको मूल्यमा ठूलो गिरावट
    images

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज एकैदिन उच्च दरमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेर २ लाख ४१ हजार ४ सय रुपैयाँ कायम भएको हो।

    यसअघि सोमबार र मंगलबार लगातार बढेको सुनको मूल्य दुई दिनमा कुल ५ हजार २ सय रुपैयाँले उकालो लागेको थियो। सोमबार प्रतितोला ४ हजार ८ सय रुपैयाँ बढेको सुन मंगलबार थप ५ सय रुपैयाँ बढेर २ लाख ४७ हजार ९ सय रुपैयाँ पुगेको थियो।

    यसअघि गत कात्तिक २३ गतेदेखि एक सातासम्म सुनको मूल्य निरन्तर घटेको थियो। उक्त अवधिमा प्रतितोला ४१ हजार ७ सय रुपैयाँले घटेको सुनको भाउ आज पुनः ठूलो गिरावट आएको हो।

    साथै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १ सय ५ रुपैयाँले घटेर ३ हजार ४० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला ३ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

    नेपाली बजारमा गत माघ १५ गते सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। यो हालसम्मकै उच्च मूल्य हो। त्यसयता झण्डै १० महिनाको अवधिमा सुनको मूल्य ९६ हजार ७ सय रुपैयाँले घटिसकेको छ।

    त्यस्तै, चाँदीको मूल्य पनि गत माघ १५ गते प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो। यो चाँदीको हालसम्मकै उच्च मूल्य हो।

    प्रकाशित मिति :मंसिर ९ २०८३ बुधवार - ११:१०:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij