२०८३ मंसिर ७ गते सोमवार
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मुद्दामा सर्वोच्च अदालतले आगामी मंसिर ९ गते सुनुवाइ गर्ने भएको छ।
सर्वोच्च अदालतले उक्त मुद्दालाई प्राथमिकतामा राख्दै सुनुवाइका लागि मंसिर ९ गते पेसी तोकेको हो।
यसअघि सोमबारका लागि पेसी तोकिए पनि सुनुवाइ हुन नसकेपछि अदालतले अर्को मिति निर्धारण गरेको हो। आगामी मंसिर ९ गते पालो आउने गरी प्राथमिकताका साथ पेसी तोकिएको जनाइएको छ।


© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij