२०८३ मंसिर ७ गते सोमवार
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री शाहले आइतबार भारतीय राष्ट्रपति मुर्मुसँग भेट गरेका हुन्। यसअघि उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै दुई देशबीच विभिन्न विषयमा समझदारी गरेका थिए।
मोदीसँगको भेटवार्तापछि प्रधानमन्त्री शाह भारतीय समकक्षीले आयोजना गरेको दिवा भोजमा सहभागी भएका थिए। त्यसलगत्तै उनले राष्ट्रपति मुर्मुसँग भेट गरेका हुन्।
आइतबार भारत भ्रमणमा गएका प्रधानमन्त्री शाह द्विपक्षीय भेटवार्ता तथा कार्यक्रम सम्पन्न गरी आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij