Logo

२०८३ मंसिर ७ गते सोमवार

२०८३ मंसिर ७ गते सोमवार

भानु नगरपालिकाका मेयर ४ दिनदेखि हिरासतमा

भानु नगरपालिकाका मेयर ४ दिनदेखि हिरासतमा


  • 428
    Shares

    • images
    भानु नगरपालिकाका मेयर ४ दिनदेखि हिरासतमा

    काठमाडौं । तनहुँको भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठी काठमाडौंमा जुवाखालबाट ठाउँबाट पक्राउ परेका छन् । शुक्रबार पक्राउ परेका उनी अहिलेसम्म जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएका छन् ।

    जिल्ला प्रहरी परिसर भद्रकालीले काठमाडौं महानगरपालिका– १६, म्हैपीस्थित एक घरमा शुक्रबार जुवा खेलिरहेको अवस्थामा त्रिपाठीसहित २४ जना पक्राउ परेको विज्ञप्ति निकालिसकेको छ । उनी नेपाली कांग्रेसको तर्फबाट मेयरमा निर्वाचित भएका हुन् ।

    शुक्रबार पक्राउ परेका उनीहरुको आज म्याद थप हुने जिल्ला प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले बताए । उनीहरू ९ लाख ६० हजार ५०० रुपैयाँसहित पक्राउ परेका थिए । उनीहरुबाट अमेरिकी डलर ४६०, भारतीय मुद्रा ५०० र १६ थान कौडा बरामद भएको प्रहरीको भनाइ छ । तर, एसपी थापाले त्रिपाठी नगरपालिकाका मेयर हुन् या होइनन् भन्ने कुरा यकिन नगरेको बताए ।

    त्रिपाठीनिकट एक कांग्रेस नेताका अनुसार शुक्रबार दिउँसोसम्म उनी सम्पर्कमा थिए । तर, साँझदेखि एकाएक मोबाइलको स्वीच अफ भएको छ । अहिलेसम्म अन गरिएको छैन । उनले परिवारका सदस्यलाई दिल्ली जाने भनेर फोनको स्वीच अफ गरेको जानकारी पाएको ती नेताले बताए ।

    पक्राउ परेका व्यक्तिको नाम

    १. निरज निरौला,

    २.राजेश केसी

    ३. सुजन श्रेष्ठ,

    ४. नारायण श्रेष्ठ,

    ५. राजेश केसी,

    ६. विनोद घिमिरे,

    ७. रामकृष्ण कार्की,

    ८. जलेश पाण्डे,

    ९. दिनेश भट्टराई,

    १०. प्रदीप कडेल,

    ११. माधव बिष्ट,

    १२. शालिग्राम वाग्ले,

    १३. जयराम पाण्डे,

    १४. शिव भट्ट,

    १५. सन्दिप पौडेल,

    १६. सुनिल श्रेष्ठ,

    १७. प्रेम श्रेष्ठ,

    १८. महेश दाहाल,

    १९. श्याम शर्मा,

    २०. अरुण बस्नेत,

    २१. सुमन रिजाल,

    २२. प्रदीप गौतम,

    २३. आनन्द राज त्रिपाठी,

    २४. अनिल सिलवाल

    प्रकाशित मिति :मंसिर ७ २०८३ सोमवार - १३:०४:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij