Logo

२०८३ मंसिर ६ गते आइतवार

२०८३ मंसिर ६ गते आइतवार

बालेनको भारत भ्रमणमा ३५ सदस्यीय टोली

बालेनको भारत भ्रमणमा ३५ सदस्यीय टोली, यस्तो छ सहभागी हुने सबैको नाम

बालेनको भारत भ्रमणमा ३५ सदस्यीय टोली, यस्तो छ सहभागी हुने सबैको नाम


  • 302
    Shares

    • images
    बालेनको भारत भ्रमणमा ३५ सदस्यीय टोली, यस्तो छ सहभागी हुने सबैको नाम

    प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको दुईदिने राजकीय भारत भ्रमणमा ३५ सदस्यीय सरकारी टोली सहभागी हुने भएको छ। प्रधानमन्त्री शाह आइतबार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।

    भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी हुनेछन्। प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको सूचीअनुसार भ्रमण टोलीमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र रहेका छन्।

    त्यस्तै, मुख्यसचिव गोविन्दबहादुर कार्की, परराष्ट्र सचिव अमृतबहादुर राई, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव रुद्रसिंह तामाङ, प्रधानमन्त्रीका प्रमुख निजी सचिव सुभाष शर्मा र लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याब पनि टोलीमा छन्।

    भ्रमण टोलीमा परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार जगदीश्वर पाण्डे, प्रधानमन्त्रीका निजी सचिव प्रदीप परियार, दक्षिण एसिया महाशाखाका सहसचिव गहेन्द्रराज भण्डारी, प्रमुख शिष्टाचार महापाल कुमारराज खरेल र परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री पनि सहभागी हुनेछन्।

    यसैगरी, अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, सूचना प्रविधि तथा डिजिटल गभर्नेन्स कार्यालयका सहसचिव सुभाष ढकाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनील पौडेल र प्रधानमन्त्रीका सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक दीपा दाहाल टोलीमा छन्।

    टोलीमा दक्षिण एसिया महाशाखाकी उपसचिव ललिता सिलवाल, उपसचिव विजय राज तण्डुकार, परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव लोचन पौडेल, प्रोटोकल अधिकृत दीपकराज निरौला र शाखा अधिकृत मनोज गैरे पनि रहनेछन्।

    सुरक्षा तथा सैनिकतर्फ प्रधानमन्त्रीका प्रमुख सैनिक सहायक लेफ्टिनेन्ट कर्णेल बालमुकुन्द बिष्ट, सुरक्षा अधिकारी मेजर सुशील बानियाँ, प्रधानमन्त्रीका सुरक्षा अधिकारी डीएसपी दिपेश बस्याल र सैनिक सहायक मेजर रोशन केसी सहभागी हुनेछन्।

    त्यस्तै, प्रधानमन्त्रीका निजी उपसचिव (मिडिया) विनय शाक्य, गोरखापत्रकी संवाददाता तारा हमाल ढुंगाना, राष्ट्रिय समाचार समितिका संवाददाता कमलकुमार बस्नेत, नेपाल टेलिभिजनका भिडियोग्राफर अशोककुमार बस्नेत, उपप्रमुख शिष्टाचार महापाल प्रेमराज गौतम र क्यानका महानिर्देशक मुकेश डंगोल पनि भ्रमण टोलीमा समावेश छन्।

    भारत भ्रमणमा सहभागी हुने ३५ सदस्यीय टोलीको नामावली

    १. बालेन्द्र शाह – प्रधानमन्त्री
    २. डा. स्वर्णिम वाग्ले – अर्थमन्त्री
    ३. शिशिर खनाल – परराष्ट्रमन्त्री
    ४. कुमार व्यञ्जनकार – प्रधानमन्त्रीका प्रमुख सल्लाहकार
    ५. असिम शाह – प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार
    ६. विवेक मिश्र – सूचना तथा सञ्चार प्रविधि सल्लाहकार
    ७. गोविन्दबहादुर कार्की – मुख्यसचिव
    ८. अमृतबहादुर राई – परराष्ट्र सचिव
    ९. रुद्रसिंह तामाङ – उद्योग, वाणिज्य तथा आपूर्ति सचिव
    १०. सुभाष शर्मा – प्रधानमन्त्रीका प्रमुख निजी सचिव
    ११. याङ्की उक्याब – प्रमुख कार्यकारी अधिकृत, लगानी बोर्ड नेपाल
    १२. जगदीश्वर पाण्डे – परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार
    १३. प्रदीप परियार – प्रधानमन्त्रीका निजी सचिव
    १४. गहेन्द्रराज भण्डारी – सहसचिव, दक्षिण एसिया महाशाखा
    १५. कुमारराज खरेल – प्रमुख शिष्टाचार महापाल
    १६. लोकबहादुर पौडेल क्षेत्री – परराष्ट्र मन्त्रालयका प्रवक्ता
    १७. अमृत लम्साल – सहसचिव, अर्थ मन्त्रालय
    १८. सुभाष ढकाल – सहसचिव, सूचना प्रविधि तथा डिजिटल गभर्नेन्स कार्यालय
    १९. सुनील पौडेल – सहसचिव, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
    २०. दीपा दाहाल – सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक
    २१. ललिता सिलवाल – उपसचिव, दक्षिण एसिया महाशाखा
    २२. विजय राज तण्डुकार – उपसचिव, दक्षिण एसिया महाशाखा
    २३. लोचन पौडेल – परराष्ट्रमन्त्रीका प्रमुख निजी सचिव
    २४. दीपकराज निरौला – प्रोटोकल अधिकृत
    २५. मनोज गैरे – शाखा अधिकृत, दक्षिण एसिया महाशाखा
    २६. बालमुकुन्द बिष्ट – लेफ्टिनेन्ट कर्णेल, प्रधानमन्त्रीका प्रमुख सैनिक सहायक
    २७. सुशील बानियाँ – मेजर, प्रधानमन्त्रीका सुरक्षा अधिकारी
    २८. दिपेश बस्याल – डीएसपी, प्रधानमन्त्रीका सुरक्षा अधिकारी
    २९. विनय शाक्य – प्रधानमन्त्रीका निजी उपसचिव (मिडिया)
    ३०. तारा हमाल ढुंगाना – संवाददाता, गोरखापत्र
    ३१. कमलकुमार बस्नेत – संवाददाता, राष्ट्रिय समाचार समिति
    ३२. अशोककुमार बस्नेत – भिडियोग्राफर, नेपाल टेलिभिजन
    ३३. प्रेमराज गौतम – उपप्रमुख शिष्टाचार महापाल
    ३४. रोशन केसी – मेजर, प्रधानमन्त्रीका सैनिक सहायक
    ३५. मुकेश डंगोल – क्यानका महानिर्देशक

     

    प्रकाशित मिति :मंसिर ६ २०८३ आइतवार - १३:५०:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij