Logo

२०८३ मंसिर ६ गते आइतवार

२०८३ मंसिर ६ गते आइतवार

प्रधानमन्त्री शाह नयाँ दिल्ली प्रस्थान

प्रधानमन्त्री बालेन शाह नयाँ दिल्ली प्रस्थान

प्रधानमन्त्री बालेन शाह नयाँ दिल्ली प्रस्थान


  • 295
    Shares

    • images
    प्रधानमन्त्री बालेन शाह नयाँ दिल्ली प्रस्थान

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक भ्रमणमा निस्केका छन् । नेपाल एयरलाइन्सको नियमित उडानमार्फत प्रधानमन्त्री शाह आइतबार अपराह्न नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

    प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाहलाई भारतमा वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नेछन् ।

    प्रधानमन्त्री शाहले भारतमा राष्ट्रपति दौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनी सोमबार साँझ स्वदेश फर्किनेछन् ।



    प्रकाशित मिति :मंसिर ६ २०८३ आइतवार - १४:०३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij