Logo

२०८३ मंसिर ४ गते शुक्रवार

२०८३ मंसिर ४ गते शुक्रवार

वैशाखमा स्थानीय र मंसिरमा प्रदेशको चुनाव गर्न आयोगको प्रस्ताव

वैशाखमा स्थानीय र मंसिरमा प्रदेशको चुनाव गर्न आयोगको प्रस्ताव


  • 190
    Shares

    • images
    वैशाखमा स्थानीय र मंसिरमा प्रदेशको चुनाव गर्न आयोगको प्रस्ताव

    काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तह र मङ्सिरमा प्रदेशसभाको चुनाव गर्न प्रस्ताव गरेको छ । शुक्रबार प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँगको छलफलमा आयोगले यस्तो प्रस्ताव गरेको हो ।

    शुक्रबार आयोगसँगको छलफलपछि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आयोगले स्थानीय तहको निर्वाचन बैशाखभित्र र प्रदेशसभाको निर्वाचन मङ्सिरमा गर्ने गरी प्रस्तुत गरेको समयतालिका उपयुक्त देखिएको उल्लेख गरेका हुन् ।

    प्रचण्डले आयोगको प्रस्तावबारे पार्टीभित्र थप छलफल र अध्ययन गरेर अन्तिम धारणा बनाउनेसमेत बताएका छन् ।

    यसअघि २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो भने प्रदेश सभाको निर्वाचन २०७९ मंसिर ४ गते भएको थियो ।

     

     

     

    प्रकाशित मिति :मंसिर ४ २०८३ शुक्रवार - १५:०४:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij