२०८३ मंसिर ४ गते शुक्रवार
काठमाडौं । नेपाल सरकारका पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अर्याललाई भारतबाट शुक्रबार बिहान नियन्त्रणमा लिएको हो ।
सिआइबीको प्रतिवेदनका आधारमा जिल्ला अदालत काठमाडौँद्वारा मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
यसै प्रकरणमा सिआइबीले बुधबार तत्कालीन दुई मन्त्रीसहित छ जना उच्चपदस्थ सरकारी अधिकारीलाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वरराय यादव, तत्कालीन सचिव विनोद केसी, सहसचिव राजीव पोखरेल र उमेश ढुङ्गाना तथा उपसचिव निर्मला गुरुङ थिए ।
मलेसिया जाने नेपाली श्रमिकसँग जोडिएको आर्थिक अनियमितता र विदेशी मुद्रा अपचलनसम्बन्धी प्रकरणमा थप अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij