Logo

२०८३ मंसिर ४ गते शुक्रवार

२०८३ मंसिर ४ गते शुक्रवार

सशस्त्र प्रहरीको पोसाक लगाएर टिकटकमा भिडियो बनाउने युवक पक्राउ

सशस्त्र प्रहरीको पोसाक लगाएर टिकटकमा भिडियो बनाउने युवक पक्राउ


  • 351
    Shares

    • images
    सशस्त्र प्रहरीको पोसाक लगाएर टिकटकमा भिडियो बनाउने युवक पक्राउ

    काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको पोसाक दुरुपयोग गरी सामाजिक सञ्जाल टिकटकमा भिडियो पोस्ट गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

    पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका–४ गर्भादरबार घर भई हाल धनगढी उपमहानगरपालिका–१ त्रिवेणीचोक बस्ने २१ वर्षीय दिनेश धामी रहेका छन्। उनले गत मंसिर १ गते सशस्त्र प्रहरीको पोसाक लगाएर भिडियो बनाई टिकटकमा राखेका थिए।   

    जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धामीलाई मंसिर ३ गते नियन्त्रणमा लिएको हो। 

     

    प्रकाशित मिति :मंसिर ४ २०८३ शुक्रवार - ०९:३७:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij