Logo

२०८३ मंसिर ४ गते शुक्रवार

२०८३ मंसिर ४ गते शुक्रवार

गोरखा र कालिकोटका दुई सडक पूर्णरूपमा अवरुद्ध

गोरखा र कालिकोटका दुई सडक पूर्णरूपमा अवरुद्ध


  • 400
    Shares

    • images
    गोरखा र कालिकोटका दुई सडक पूर्णरूपमा अवरुद्ध

    काठमाडौं । बाढी र पहिरोका कारण गोरखा र कालिकोटका दुई सडक पूर्णरूपमा अवरुद्ध भएका छन् ।

    नेपाल प्रहरीका अनुसार गोरखाको आरुघाट गाउँपालिका–२ र ३ स्थित सोतीदेखि मान्बु जाने पुल बाढीका कारण अवरुद्ध भएको छ । उक्त सडक आज बिहान ४ः३० बजेदेखि बन्द भएको हो ।

    त्यस्तै, कालिकोटको पचालझरना गाउँपालिका–८ सिमखोलास्थित कर्णाली करिडोर सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । उक्त सडक मङ्गलबार साँझ ७ः३० बजेदेखि बन्द भएको प्रहरीले जनाएको छ ।

    प्रहरीले आज बिहान ६ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै दुवै सडक पूर्णरूपमा अवरुद्ध रहेको जनाएको छ ।

     

    police.jpeg

    प्रकाशित मिति :मंसिर ४ २०८३ शुक्रवार - ०८:४९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij