२०८३ मंसिर ४ गते शुक्रवार
काठमाडौं । धादिङमा गएराति बोलेरो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ९ जना यात्रु घाइते भएका छन्।
धादिङको रुबीभ्याली गाउँपालिका–४ स्थित कलदाङमा गएराति बोलेरो गाडी दुर्घटनामा परेको हो।
बोलेरोमा सवार १० जनामध्ये रुबीभ्याली गाउँपालिका–४ बस्ने अन्दाजी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
राति २ बजेतिर लापाबाट बोराङतर्फ जाँदै गरेको गाडी उकालो सडकमा अनियन्त्रित भएर करिब ४०० मिटर तल खसेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
दुर्घटनामा घाइते भएका नौ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij