२०८३ मंसिर २ गते बुधवार
काठमाडौं । गृहमन्त्री सुधन गुरुङकी आमा ज्ञानु लामाको अनुमति बिना भिडिओ खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा युट्युबर छत्र बोगटी पक्राउ परेका छन्।
कालीकोट घर भई भक्तपुर बस्दै आएका बोगटीलाई भक्तपुरबाट पक्राउ गरिएको हो। वैयक्तिक गोपनीयताको हक हनन गरेको आरोपमा काठमाडौं जिल्ला अदालतबाट उनलाई पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।
लामाले आफ्नो अनुमतिबिना भिडिओ खिचेर भाइरल बनाइएको भन्दै प्रहरीमा उजुरी दिएपछि बोगटी पक्राउ परेका हुन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij