Logo

२०८३ मंसिर २ गते बुधवार

२०८३ मंसिर २ गते बुधवार

सिन्धुलीमा माइक्रो दुर्घटना : १४ घाइते, पाँचजनाको विवरण खुल्न बाँकी

सिन्धुलीमा माइक्रो दुर्घटना : १४ घाइते, पाँचजनाको विवरण खुल्न बाँकी


  • 393
    Shares

    • images
    सिन्धुलीमा माइक्रो दुर्घटना : १४ घाइते, पाँचजनाको विवरण खुल्न बाँकी

    काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

    मंगलबार दिउँसो जनकपुरबाट काठमाडौं आउँदै गरेको मधेश प्रदेश ०४-००१ ज ०२४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेको हो ।

    दुर्घटनामा माइक्रोबसमा सवार चालकसहित १४ जना नै घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि शुभजीवन अस्पताल खुर्कोट पठाइएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ९ जनाको पहिचान खुलेको छ भने बाँकी ५ जनाको विवरण खुल्न बाँकी रहेको छ ।

    पहिचान खुलेका घाइतेहरूमा धनुषाको शहीदनगर नगरपालिका–८ का माइक्रोबस चालक दीपक कुमार दास, शहीदनगर–७ की १७ वर्षीया रानी कुमारी मण्डल, शहीदनगर–२ का १४ वर्षीय पियुष गोहित, १५ वर्षीय आयुष गोहित र १२ वर्षीया रुबी गोहित रहेका छन् ।

    ललितपुरको भैँसेपाटीकी ३६ वर्षीया प्रियाङ्का साह तथा उनका छोरीहरू १६ वर्षीया जेनी साह, ११ वर्षीया सफलता साह र ३ वर्षीया ओमी साह पनि घाइते भएका छन् ।

    दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले घाइतेहरूको उद्धार गरी अस्पताल पठाएको जनाएको छ ।   

     

    प्रकाशित मिति :मंसिर १ २०८३ मंगलवार - १६:३७:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij