Logo

२०८३ कार्तिक ३० गते सोमवार

२०८३ कार्तिक ३० गते सोमवार

अटो दुर्घटनामा एकै घरका आमा, छोराछोरी र भतिजीको मृत्यु, सिङ्गो गाउँ शोकमा

अटो दुर्घटनामा एकै घरका आमा, छोराछोरी र भतिजीको मृत्यु, सिङ्गो गाउँ शोकमा


  • 379
    Shares

    • images
    अटो दुर्घटनामा एकै घरका आमा, छोराछोरी र भतिजीको मृत्यु, सिङ्गो गाउँ शोकमा

    काठमाडौं । बझाङमा अटो रिक्सा दुर्घटना हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने गाउँ नै शोकमा डुबेको छ। 

    सोमबार बझाङको बुङ्गल नगरपालिका-१०, टुमेडामा भएको अटो रिक्सा दुर्घटनामा मृत्यु भएका चार जना एकै परिवार रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार टुमेडाबाट बुङ्गल नगरपालिका-११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको सुपप्र ०१००१ ह ७९९८ नम्बरको अटो रिक्सा सडकबाट करिब नौ सय मिटर तल भीरमा खसेर थियो।

    दुर्घटनामा बुङ्गल नगरपालिका-१० की ३५ वर्षीया राजमति महरा, उनका छोरा सात वर्षीय रियास, छोरी दुई वर्षीया रियासा र भतिजी १६ वर्षीया तारा महराको मृत्यु भएको छ। उनका भतिजा विक्रम महराले भने हाम फालेर ज्यान जोगाएका छन्। 

    अटो रिक्सामा चालकसहित ६ जना सवार रहेका थिए। चालक बुङ्गल नगरपालिका-१० का २५ वर्षीय टेकबहादुर पातलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    एकै परिवारका चार जनाको दुर्घटनामा मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको बुङ्गल नगरपालिका-१० का वडाध्यक्ष प्रेम ओखेडाले बताए। ‘पढाइका लागि बालबच्चा र भतिजी लगेर डडेल्धुरा जान लाग्नुभएको रहेछ,’ वडाध्यक्ष ओखेडाले भने, ‘बाटोमै यस्तो दुःखद घटना घट्यो। गाउँ नै शोकमग्न छ।’

    दशैं-तिहारको बिदामा घर आएका उनीहरू डडेल्धुरा जान लागेका थिए। राजमतिका पति दीपक निमाविका स्थायी शिक्षक हुन। 

    उनी डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित गणेश माध्यमिक विद्यालय बडालमा अध्यापन गराउँदै आएका थिए। छोरा रियास र भतिजी तारा पनि त्यही विद्यालयमा अध्ययनरत थिए।
     
    गत साउनमा दीपकको बुङ्गल नगरपालिका-८ तोलीचोरस्थित सत्य माध्यमिक विद्यालयमा सरुवा भएका थियो। श्रीमती, छोराछोरी र भतिजी गुमाएपछि उनलाई सम्हालिनै गाह्रो भएको वडाध्यक्ष ओखेडाले बताए। 

    प्रकाशित मिति :कार्तिक ३० २०८३ सोमवार - १७:४७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij