२०८३ कार्तिक ३० गते सोमवार
काठमाडौं । भन्सार छलेर सुन ल्याएको आरोपमा एक जना चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।
हङकङबाट क्याथे प्यासिफिक एयरको जहाजमा आएका चिनियाँ नागरिक झान जुओक्विङ विमानस्थबाट पक्राउ परेका हुन्। विमानस्थलमा शंकास्पद गतिविधि देखिएपछि प्रहरीले सोधपुछ गरेको थियो।
त्यसपछि जाँच गर्दा अन्डरवेयरमा प्लास्टिकले बेरेको अवस्थामा सुन जस्तो देखिने पहेँलो बस्तु भेटिएको विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता डीएसपी ढुण्डीराज नेउपानेले बताए। गोलकार अर्धठोस पदार्थ ६३४.९६ ग्राम रहेको नेउपानेले जानकारी दिए।
चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। उनको साथबाट बरामद गरिएको पदार्थ परीक्षणका क्रममा रहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij