२०८३ कार्तिक ३० गते सोमवार
काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बढेको छ। सोमबार बिहान ५ः४५ बजे गरिएको प्रारम्भिक मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम १२.४ डिग्री सेल्सियस पुगेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मनोज भट्टका अनुसार आइतबार बिहान सोही समयमा काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस थियो। आइतबार बिहान ८ः४५ बजे गरिएको अन्तिम मापनमा पनि तापक्रम १० डिग्री नै कायम रहेको थियो।
आजको वास्तविक न्यूनतम तापक्रम भने बिहान ८ः४५ बजे पुनः मापन गरेपछि मात्रै यकिन हुनेछ। त्यसबेला प्रारम्भिक मापनभन्दा तापक्रम केही घट्न सक्ने सम्भावना रहेको मौसमविद् भट्टले बताएका छन्।
उनका अनुसार राति आकाश बादलले ढाकिएमा बिहानको न्यूनतम तापक्रम बढ्ने र आकाश खुला रहेमा तापक्रम घट्ने गर्छ।
महाशाखाले हरेक दिन बिहान ८ः४५ बजे न्यूनतम र साँझ ५ः४५ बजे अधिकतम तापक्रम मापन गर्दै आएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij