Logo

२०८३ कार्तिक ३० गते सोमवार

२०८३ कार्तिक ३० गते सोमवार

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो यो वर्षको छठ

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो यो वर्षको छठ


  • 323
    Shares

    • images
    उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो यो वर्षको छठ

    काठमाडौं । छठपर्व आज समापन गरिएको छ । शुक्रबारदेखि सुरु भएको छठ पर्व आज सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन भएको हो ।

    आज बिहानै व्रतालुहरुले छठघाट वा नजिकैको नदी र पोखरीमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।

    व्रतालुहरूले आइतबार छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । उनीहरूले आज सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो वर्षको छठ समापन भएको हो ।

    काठमाडौंको कमलपोखरी लगायतका ठाउँमा र तराई मधेशका सबै ठाउँहरू छठ पर्व मनाइएको छ । छठ पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

    प्रकाशित मिति :कार्तिक ३० २०८३ सोमवार - ०७:५६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij