Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

आज नागपञ्चमी, घरको मूलढोकामा नागको तस्वीर टाँसी पूजा गरिँदै

आज नागपञ्चमी, घरको मूलढोकामा नागको तस्वीर टाँसी पूजा गरिँदै


  • 519
    Shares

    आज नागपञ्चमी, घरको मूलढोकामा नागको तस्वीर टाँसी पूजा गरिँदै
    images

     काठमाडौं ।  नागपञ्चमी पर्व आज देशभर घरघरमा नागको तस्बिर टाँसी पूजा तथा आराधना गरी मनाइँदैछ। हिन्दू धर्मावलम्बीले श्रावण शुक्ल पञ्चमीका दिन नाग देवताको पूजा गर्ने परम्पराअनुसार आज नागपञ्चमी मनाएका हुन्।

    यस अवसरमा घरको मूलढोकामाथि नागको तस्बिर टाँसी दूध, अक्षता, फूल, दुबो तथा अन्य पूजासामग्री चढाएर नागको पूजा गर्ने चलन छ। नागको पूजा गरेमा सर्पको भयबाट मुक्ति मिल्ने तथा घरमा सुख, शान्ति र समृद्धि कायम हुने धार्मिक विश्वास छ।

    काठमाडौँ उपत्यकाका विभिन्न नागस्थान तथा मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। नागपञ्चमीका अवसरमा नागपोखरी, टौदह, नागदहलगायत स्थानमा विशेष पूजा तथा धार्मिक गतिविधि हुने गरेका छन्।

    नागपञ्चमीलाई प्रकृति र सर्प संरक्षणसँग जोडेर पनि हेर्ने गरिन्छ। खेतबारीमा पाइने सर्पले मुसालगायत जीव नियन्त्रणमा सहयोग पुर्याउने भएकाले पर्यावरणीय सन्तुलनमा समेत यसको महत्वपूर्ण भूमिका रहेको छ।

    images
    प्रकाशित मिति :भाद्र १ २०८३ सोमवार - १०:३५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij