Logo

२०८३ कार्तिक ३० गते सोमवार

२०८३ कार्तिक ३० गते सोमवार

तिहारपछि ओरालो लागेको सुनको भाउ आज पनि घट्यो

तिहारपछि ओरालो लागेको सुनको भाउ आज पनि घट्यो


  • 666
    Shares

    • images
    तिहारपछि ओरालो लागेको सुनको भाउ आज पनि घट्यो

    काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेको हो ।

    महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

    साथै, चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला ३ हजार ७०० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ३ हजार ६०० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

    महासंघका अनुसार आइतबार १० ग्राम सुनको मूल्य २ लाख ३१ हजार ६५० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य ३ हजार ८७ रुपैयाँ कायम भएको छ ।

     

    प्रकाशित मिति :कार्तिक २९ २०८३ आइतवार - ११:२९:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij