Logo

२०८३ कार्तिक २६ गते बिहिवार

२०८३ कार्तिक २६ गते बिहिवार

भीमफेदी ईभी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो

भीमफेदी ईभी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो


  • 302
    Shares

    भीमफेदी ईभी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो
    images

    काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको यात्रुवाहक ईभी गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ। दुर्घटनास्थलबाट थप तीन जनाको शव फेला परेसँगै मृतकको संख्या १४ पुगेको हो।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुलेको छ। मृतकमध्ये ५ जना महिला तथा बालबालिका र ९ जना पुरुष रहेका छन्। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार यसअघि ११ जनाको पहिचान खुलेकोमा थप तीन जनाको पहिचान खुलेसँगै सबै मृतकको सनाखत भएको हो।

    मृत्यु हुनेमा सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशंकर कुमार मण्डलसहित सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर टोलका १३ जना रहेका छन्।

    यसअघि पहिचान खुलेका मृतकमा २६ वर्षीय बिकेश यादव, ३५ वर्षीया पुनम यादव, १० वर्षीया अनु कुमारी यादव, ७ वर्षीया दिक्षा यादव, ५ वर्षीया दिपिका यादव, गुड्डु यादव, गायत्री देवी, रामदुलार यादव, सुबोध यादव र १५ वर्षीय रोहन यादव रहेका छन्।

    दुर्घटनामा घाइते हुनेमा ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षम कुमार यादव, ३ वर्षीय सुजन यादव, ३१ वर्षीय बेचु भनिने देवेन्द्र राय, २६ वर्षीय देवेन्द्र राय र १४ महिनाका सुदीप यादव रहेका छन्।

    घाइतेमध्ये मुकेश यादव, सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र राय उपचारपछि डिस्चार्ज भएका छन्। गम्भीर घाइते तीन वर्षीय सुजन यादव र १४ महिनाका सुदीप यादवलाई थप उपचारका लागि काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पताल पठाइएको छ। त्यस्तै, ३१ वर्षीय देवेन्द्र रायलाई भरतपुरस्थित मनकामना अस्पताल रिफर गरिएको छ।

    काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी हाइस बिहीबार बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत चिसापानीगढीमा दुर्घटनामा परेको थियो। उक्त गाडी सडकबाट करिब ५०० मिटर तल खसेको थियो।

     

     


    अन्य सम्भावित शीर्षकहरू:

    प्रकाशित मिति :कार्तिक २६ २०८३ बिहिवार - १५:५५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij