Logo

२०८३ कार्तिक २६ गते बिहिवार

२०८३ कार्तिक २६ गते बिहिवार

तिहारमा काठमाडौं उपत्यकामा ७८ सवारी दुर्घटना, ५ जनाको मृत्यु

तिहारमा काठमाडौं उपत्यकामा ७८ सवारी दुर्घटना, ५ जनाको मृत्यु


  • 274
    Shares

    तिहारमा काठमाडौं उपत्यकामा ७८ सवारी दुर्घटना, ५ जनाको मृत्यु
    images

    काठमाडौं ।  तिहार पर्वको अवधिमा काठमाडौं उपत्यकामा भएका सवारी दुर्घटनामा परी ५ जनाले ज्यान गुमाएका छन्। कात्तिक २१ गतेदेखि २५ गते भाइटीकासम्मको अवधिमा उपत्यकामा ७८ वटा सवारी दुर्घटना भएका हुन्।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार तिहार अवधिमा भएका दुर्घटनामा ५ जनाको मृत्यु भएको छ।

    यस अवधिमा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने ५९५ जना चालकलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ। त्यस्तै, लागुऔषध सेवन गरी सवारी चलाउने १८ जना चालक पनि कारबाहीमा परेका छन्।

    तीव्र गति र लापरबाहीपूर्वक सवारी चलाउनेसहित अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने कुल २ हजार २११ जना चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

    उनका अनुसार उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन मानवीय जनशक्तिसँगै प्रविधिको प्रयोगमार्फत निगरानी, अनुगमन तथा कारबाहीलाई कडाइ गरिएको छ।

    थापाथलीदेखि बानेश्वर क्षेत्रसम्मको सडकमा फेसलेस ट्राफिक व्यवस्थापनका लागि प्रविधिमार्फत निगरानी गर्ने प्रक्रिया पनि सुरु गरिएको उनले बताए।

    सवारीसाधनको संख्या र दुर्घटना बढ्दै गएको अवस्थामा मानवीय जनशक्तिबाट मात्रै ट्राफिक व्यवस्थापन गर्न कठिन हुने भएकाले प्रविधिमा आधारित प्रणालीलाई प्राथमिकता दिइएको प्रवक्ता सुवेदीको भनाइ छ। यसका लागि आवश्यक पूर्वाधार निर्माणको कामसमेत अघि बढाइएको छ। 

    प्रकाशित मिति :कार्तिक २६ २०८३ बिहिवार - १५:४३:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij