Logo

२०८३ कार्तिक २० गते शुक्रवार

२०८३ कार्तिक २० गते शुक्रवार

नेपाल पर्यटन बोर्डको सीईओका लागि १६ जना उम्मेदवार सर्टलिस्टमा

नेपाल पर्यटन बोर्डको सीईओका लागि १६ जना उम्मेदवार सर्टलिस्टमा


  • 323
    Shares

    नेपाल पर्यटन बोर्डको सीईओका लागि १६ जना उम्मेदवार सर्टलिस्टमा
    images

    काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) नियुक्तिका लागि १६ जना उम्मेदवार संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका छन्। नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार उम्मेदवारहरूको मूल्यांकन गर्दा सबैभन्दा बढी अंक प्राप्त गर्ने १६ जनालाई सर्टलिस्टमा समावेश गरिएको हो।

    बोर्डको छनोट उपसमितिले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार सर्टलिस्टमा पर्ने उम्मेदवारहरूलाई वर्णानुक्रमअनुसार सूचीमा राखिएको छ।

    सर्टलिस्टमा आशुतोष प्रधान (चितवन), उत्तम प्रसाद देवकोटा (चितवन), टेक बहादुर महत (इलाम), धर्मराज दवाडी (चितवन), नोजल कोइराला (मोरङ), युविका भण्डारी (काठमाडौं), राजाराम के.सी. (काठमाडौं) र राम चन्द्र सेढाईं (गोरखा) रहेका छन्।

    त्यस्तै, रोहिणी प्रसाद खनाल (भक्तपुर), लक्ष्मण गौतम (दाङ), विनोद अर्याल (पाल्पा), श्रद्धा श्रेष्ठ (ताप्लेजुङ), श्री प्रसाद भट्टराई (रुपन्देही), सन्तोष विक्रम थापा (काठमाडौं), सुरेश सिंह बुडाल (बैतडी) र हिकमत सिंह ऐर (कञ्चनपुर) पनि सर्टलिस्टमा परेका छन्।

    छनोट उपसमितिले सर्टलिस्टमा परेका उम्मेदवारहरूलाई आगामी मंसिर १० गते बिहान ८ः१५ बजे नेपाल पर्यटन बोर्डको सचिवालयमा उपस्थित हुन निर्देशन दिएको छ।

     

    प्रकाशित मिति :कार्तिक २० २०८३ शुक्रवार - १४:२१:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij