Logo

२०८३ कार्तिक ९ गते सोमवार

२०८३ कार्तिक ९ गते सोमवार

आज (सोमबार) कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आज (सोमबार) कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल


  • 400
    Shares

    आज (सोमबार) कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
    images

    आजको पञ्चाङ्ग

    वि.सं.२०८३ साल कार्तिक ९ गते । सोमबार । इस्वी सन् २०२६ अक्टोबर २६ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन शुक्लपक्ष । तिथि–पूर्णिमा, बिहान ११ बजेर ४ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–अश्विनी, बेलुकी ७ बजेर १९ मिनेट उप्रान्त भरुणी । योग–बज्र, बेलुकी ४ बजेर ३५ मिनेट उप्रान्त सिद्धि । करण–बव, बिहान ९ बजेर ५६ मिनेट उप्रान्त बालव, बेलुकी ९ बजेर १२ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–मेष ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ११ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २२ मिनेट । दिनमान २८ घडी १ पला ।

    आजको बार बेला ।

    बिहान ६ बजेर ११ मिनेटसम्म अमृत बेला ।

    • बिहान ६ बजेर १२ मिनेटदेखि बिहान ७ बजेर ३५ मिनेटसम्म काल बेला ।
    • बिहान ७ बजेर ३६ मिनेटदेखि बिहान ८ बजेर ५९ मिनेटसम्म शुभ बेला ।
    • बिहान ९ बजेर ० मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म रोग बेला ।
    • बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म उद्वेग बेला ।
    • बिहान ११ बजेर ४८ मिनेटदेखि दिउँसो १ बजेर ११ मिनेटसम्म चर बेला ।
    • दिउँसो १ बजेर १२ मिनेटदेखि दिउँसो २ बजेर ३५ मिनेटसम्म रोग बेला ।
    • दिउँसो २ बजेर ३६ मिनेटदेखि दिउँसो ३ बजेर ५९ मिनेटसम्म अमृत बेला ।
    • बेलुकी ४ बजेर १ मिनेटदेखि बेलुकी ६ बजेर ५९ मिनेटसम्म चर बेला ।

    नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

    राहुकाल

    बिहान ७ बजेर ३४ मिनेटदेखि बिहान ८ बजेर ५५ मिनेटसम्म राहुकाल रहनेछ ।

    नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।

    ब्रहा मुहूर्त

    बिहान ४ बजेर ३६ मिनेटदेखि बिहान ५ बजेर २४ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    शुभ दिन छ। धनक्ष्मी योग परेको छ । बोली र व्यवहारमा एकरुपमा हुनु आवश्यक छ। शिक्षाको क्षेत्रमा राम्रो छ। राजनीतिक क्षेत्रमा भने ठगहरुले दुख दिनेछन्। बिहान उठेर पिपलको दर्शन गर्नाले दिन सहज हुनेछ।

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    दिन राम्रो छ। साथीभाइको साथ सहयोग मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    दिन त्यति राम्रो छैन। खानपानमा ख्याल गरेमा स्वास्थ्यमा केही सुधार हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास अपुरो हुनेछ। खानामा अरुची बढ्नेछ। गोपनीयता कायम गर्नुपर्नेछ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    बोलीको प्रभावले काम बन्नेछ । धर्मकर्ममा मन जानेछ। बौद्धिक व्यक्तित्वसँग झुकाव बढ्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। मन शान्त बन्ने दिन छ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    दिन सामान्य छ । आफ्नो कामकै कारण हिनताबोध हुनेछ। दाजुभाइसँग गरेको सहकार्यमा केही शान्ति मिल्नेछ। पारिवारिक सम्बन्ध भने सहज रहला। शिक्षामा सुधार हुनेछ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    धार्मिक कार्यमा खर्च हुने दिन छ। बन्धुसँगको सहकार्यले मनमा शान्ति मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ सहयोग मिल्ने भएकाले दिन सहज हुनेछ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    बोली र व्यवहारमा एकरुपता हुनु आवश्यक छ। शिक्षाको क्षेत्रमा राम्रो छ। परीक्षा लेखेको भए नतिजा राम्रो प्राप्त हुनेछ । खर्च गर्दा सचेत हुनुपर्ने दिन छ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    डुब्न लागेको सम्पत्ति हात लाग्नेछ। मित्र बढ्नेछन्। शत्रुले पनि तपाईको प्रसंसा गर्नेछन्। राजनीतिक क्षेत्रमा भने तपाई विरुद्ध लाग्नेहहरु सक्रिय हुनेछन।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    मनमा सानातिना कुराले चिन्ता, व्यवहारमा अड्चन आउन सक्छ। धर्मकर्ममा मन जानेछ। शिक्षामा गरेको तपाईको प्रयास सफल हुनेछ। कुरा काट्नेहरु बढ्ने भएकाले मनमा खटपटी आउनेछ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    दिन राम्रो छ । खर्च बढे पनि इज्जत बढ्ने छ। सामाजिक र राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । शिक्षा र व्यापारमा थप मिहिनेत गर्नु उचित हुनेछ । श्रमको फल मिल्ने छ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    धार्मिक कार्यको सहभागीताले मनमा केही शान्ति मिल्नेछ। दीर्घकालीन योजना बन्नेछन्। व्यापारमा अघि नबढ्नु राम्रो हुनेछ। अनावश्यक यात्रामा खर्च बढ्न सक्छ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    शिक्षामा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा समस्या हुने सम्भावना छ।  काम गर्दा सचेत हुन नसके शत्रु बढ्नेछन्।   गणेश भगवानको आरधना गर्नु राम्रो हुनेछ। मिहिनेतको फल मिल्ने छ ।

    तपाईँको दिन शुभ रहोस् ।

    प्रकाशित मिति :कार्तिक ९ २०८३ सोमवार - ०७:००:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij