Logo

२०८३ कार्तिक ५ गते बिहिवार

२०८३ कार्तिक ५ गते बिहिवार

आज (बिहीबार) कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आज (बिहीबार) कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल


  • 435
    Shares

    आज (बिहीबार) कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
    images

    आजको पञ्चाङ्ग

    वि.सं.२०८३ साल कार्तिक ५ गते । बिहीबार । इस्वी सन् २०२६ अक्टोबर २२ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन शुक्लपक्ष । तिथि–एकादशी, बिहान ११ बजेर ४० मिनेट उप्रान्त द्वादशी । नक्षत्र–शतभिषा, बेलुकी ७ बजेर ८ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग–वृद्धि, बेलुकी ११ बजेर १० मिनेट उप्रान्त ध्रुव । करण–भद्रा, बिहान ११ बजेर ४० मिनेट उप्रान्त बव, बेलुकी ११ बजेर ५३ मिनेट उप्रान्त बालव । आनन्दादिमा–बज्र योग । चन्द्रराशि–कुम्भ ।

    काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २६ मिनेट । दिनमान २८ घडी १६ पला ।

    आजको बार बेला ।

    बिहान ६ बजेर ८ मिनेटसम्म शुभ बेला ।
    बिहान ६ बजेर ९ मिनेटदेखि बिहान ७ बजेर ३३ मिनेटसम्म रोग बेला ।
    बिहान ७ बजेर ३४ मिनेटदेखि बिहान ८ बजेर ५८ मिनेटसम्म उद्वेग बेला ।
    बिहान ८ बजेर ५९ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म चर बेला ।
    बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म लाभ बेला ।
    बिहान ११ बजेर ४८ मिनेटदेखि दिउँसो १ बजेर १२ मिनेटसम्म अमृत बेला ।
    दिउँसो १ बजेर १३ मिनेटदेखि दिउँसो २ बजेर ३७ मिनेटसम्म काल बेला ।
    दिउँसो २ बजेर ३८ मिनेटदेखि बेलुकी ४ बजेर २ मिनेटसम्म शुभ बेला ।
    बेलुकी ४ बजेर ३ मिनेटदेखि बेलुकी ६ बजेर २ मिनेटसम्म अमृत बेला ।
    नोट स् शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

    राहुकाल

    दिउँसो १ बजेर १२ मिनेटदेखि दिउँसो २ बजेर ३७ मिनेटसम्म राहुकाल रहनेछ ।

    नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।

    ब्रहा मुहूर्त

    बिहान ४ बजेर ३३ मिनेटदेखि बिहान ५ बजेर २१ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

    आजको राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    मनमा चञ्चलता बढ्नेछ । स्वास्थ्य र शिक्षामा केही सुधारका संकेत देखिनेछन् । पारिवारभित्र किचलो हुनेछ । सामाजिक क्षेत्रमा अघि नबढ्नु राम्रो हुनेछ । 

    वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    दिन राम्रो छ । गुम्न लागेको धन प्राप्त हुनेछ । स्वास्थ्य, शिक्षामा गरेको प्रयास सफल हुनेछ । सामाजिक र पारिवारिक क्षेत्रमा साथ सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    दिन राम्रो छ । बोलीका कारण काम बन्ने दिन छ । स्वास्थ्य र शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ । राजनीतिक सामाजिक क्षेत्रमा चर्चा हुनेछ । परिवारका सदस्यको सल्लाह लिएर मात्र काम गर्नु फाइदा हुनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    दिन राम्रो छ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा अघि बढ्नुहोला । आफन्तबाट भने धोका हुने जोखिम छ ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    दिन सामान्य छ । मनमा चञ्चलता बढ्नेछ । लामोदुरीको यात्रा तय हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुन्छ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    दिन राम्रो छ । दाजुभाइसँगको सहकार्यले फाइदा मिल्नेछ । शिक्षामा ढिलासुस्ती भएपनि स्वास्थ्यमा फाइदा हुनेछ । खर्च कटौती गरेर अघि बढ्नुपर्ने दिन छ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    दिन तपाईको  पक्षमा छैन । कम बोल्नु उचित हुनेछ । खर्च बढ्नेछ। सामाजिक क्षेत्रमा आरोपको सामना गर्नुपर्ने हुनसक्छ । शिक्षामा प्रगति हुनेछ । हरेक काममा सचेत बन्नु पर्ने दिन छ ।

    वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    दिन राम्रो छ । दिन सहज बन्नेछ । लाभ हुने भएकाले व्यापार व्यवसायमा लगानी गर्नुहोला । प्रशंसा गर्नेहरु बढ्नेछ । समाजमा तपाईंको मान बढ्नेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    दिन सामान्य छ । राजनीतिक, सामाजिक क्षेत्रमा अघि नबढ्नु राम्रो हुनेछ । परिवारमा शंका बढ्नेछ । आज स्वास्थ्यमा भने केही सुधारका संकेत देखिनेछन् ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    दिन राम्रो छ । लामो समयदेखि अड्किएर बसेका काम आज बन्नेछन् । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट तपाईंलाई फाइदा हुनेछ । शिक्षा र स्वास्थ्यको क्षेत्रमा बढुवा हुन सक्छ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    दिन राम्रो छ । धन सञ्चित हुनेछ । रमाइलो यात्रा तय हुनेछ । राजनीतिक र सामाजिक क्षेत्रमा भने अवसर प्राप्त हुनेछ । पारिवारिक कारणले मनमा असन्तुष्टि बढ्नेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    दिन राम्रो छ । धन लाभ हुनेछ । व्यापार व्यवसायमा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक, सामाजिक क्षेत्रमा रुची बढ्नेछ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

    तपाईँको दिन शुभ रहोस् ।

    प्रकाशित मिति :कार्तिक ५ २०८३ बिहिवार - ०७:१३:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij