Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

ब्राजिलमा कोरोनाबाट १ लाख ७८ हजारभन्दा बढीको मृत्यु

ब्राजिलमा कोरोनाबाट १ लाख ७८ हजारभन्दा बढीको मृत्यु


  • 8.0K
    Shares

    • images
    ब्राजिलमा कोरोनाबाट १ लाख ७८ हजारभन्दा बढीको मृत्यु
    images

    ब्राजिलमा कोरोना भाइरस (कोभिड १९)बाट मृत्यु हुनेको संख्या १ लाख ७८ हजार नाघेको समाचारमा जनाइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म अर्थात् मंगलबार सम्ममा ब्राजिलमा कोरोनाको कारण एक लाख ७८ हजार १५९ जनाको मृत्यु भएको छ ।

    ब्राजिलमा पछिल्ला दिनहरुमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको बताइएको छ । ब्राजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो । ब्राजिलमा गत २४ घन्टामा ८४२ जना कोरोना भाइरसका संक्रमित विरामीको ज्यान गएको पनि सो मन्त्रालयले जनाएको छ । केही महिना यतादेखिको मृत्यु संख्या हेर्दा एकै दिनमा भएको यो सबैभन्दा धेरै मृत्यु हो ।

    त्यसैगरी यहाँ गएको २४ घन्टा यता मात्र गरेको परीक्षणका क्रममा कम्तीमा पनि ५० हजार जनामा संक्रमण देखिएको पुष्टि भएको पनि यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

    गत सातादेखि नै यहाँका कोरोना संक्रमितको संख्या ५० हजार नाघेको बताइएको छ । दक्षिण अमेरिकामा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको ब्राजिलमा अहिलेसम्म कोरोनाका ६६ लाख ७४ हजार ९९९ जना संक्रमित फेला परिसकेका छन् ।

    यसअघि जस्तै कोरोना नियन्त्रण गर्न नसकेको भन्दै अहिले पनि ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोको आलोचना हुँदै आएको छ । यसैक्रममा पछिल्लो पटक झन् धेरै संक्रमित भेटिन थालेपछि उहाँको विरोध भएको हो ।

    यहाँ पछिल्लो समयमा मृत्यु हुनेको संख्यामा पनि बृद्धि हुने गरेको ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । उनीहरुले ब्राजिलमा कोरोनाको दोस्रो चरणको लहर आएको बताएका छन् । (रासस/सिन्ह्वा)

    प्रकाशित मिति :मंसिर २४ २०७७ बुधवार - १२:३७:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij