Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

गोरखाको भिमसेनथापामा अन्तरवडा पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने

गोरखाको भिमसेनथापामा अन्तरवडा पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने


  • 456
    Shares

    गोरखाको भिमसेनथापामा अन्तरवडा पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
    images

    गोरखा । नेपालीहरूको महान् पर्व विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गोरखाको भिमसेनथापा गाउँपालिकामा अन्तरवडा पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

    बगुवा खेलकुद विकास समितिको आयोजनामा आगामी २०८३ साल कात्तिक २ गतेदेखि ३ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो। प्रतियोगिता भिमसेनथापा गाउँपालिका–५, बगुवास्थित देविस्थान खेलकुद मैदानमा सञ्चालन हुनेछ।

    प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फका खेलाडीले सहभागिता जनाउन सक्नेछन्। आयोजकका अनुसार पुरुषतर्फको प्रतियोगितामा दर्ता शुल्क ३ हजार रुपैयाँ र महिलातर्फ २ हजार रुपैयाँ तोकिएको छ।

    पुरुषतर्फ प्रथम हुने टोलीले १५ हजार रुपैयाँ, द्वितीय हुनेले ८ हजार रुपैयाँ र तृतीय हुनेले ६ हजार रुपैयाँसहित कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी, महिलातर्फ प्रथम हुनेले १० हजार रुपैयाँ, द्वितीय हुनेले ५ हजार रुपैयाँ र तृतीय हुनेले ३ हजार रुपैयाँसहित कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

    स्थानीयस्तरमा खेलकुदको विकास, खेलाडीको प्रतिभा पहिचान तथा चाडपर्वको अवसरमा आपसी सद्भाव र एकता बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगितामा सहभागी भई कार्यक्रम सफल बनाउन आयोजकले सम्पूर्ण खेलाडी तथा खेलप्रेमीलाई आग्रह गरेको छ। प्रतियोगिताको सहयोगी संस्थाका रूपमा समुन्नत युवा क्लब रहेको छ।

    प्रकाशित मिति :आश्विन २९ २०८३ बिहिवार - ०८:५८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij