Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

कलंकीको खसीबजारमा आउन थाले खसीबोका र च्याङ्ग्रा

कलंकीको खसीबजारमा आउन थाले खसीबोका र च्याङ्ग्रा


  • 722
    Shares

    कलंकीको खसीबजारमा आउन थाले खसीबोका र च्याङ्ग्रा
    images

    काठमाडौं । दसैँ सुरु भएसँगै काठमाडौंको कलंकीस्थित खसीबजारमा खसीबोका र च्याङ्ग्रा आउन थालेका छन्। सर्लाही, विराटनगरलगायत विभिन्न स्थानबाट खसीबोका ल्याइँदै गर्दा बजारमा कारोबारले गति लिन थालेको छ।

    यस वर्ष बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा खसीबोका ढुवानीमा समस्या देखिएको छ। व्यवसायीका अनुसार दसैँका लागि मागअनुसार पशु बजारमा आउन नसक्दा आपूर्ति प्रभावित भएको छ। मंगलबारदेखि बजारमा खसीबोका आउने क्रम बढ्न थाले पनि पर्याप्त आपूर्ति हुने–नहुने अझै निश्चित छैन।

    आपूर्तिमा देखिएको समस्यासँगै खसीबोकाको मूल्य पनि बढेको छ। कलंकी बजारमा जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ८५० देखि ८६० रुपैयाँसम्म पुगेको छ। गत वर्ष दसैँका बेला यस्तो मूल्य प्रतिकिलो ७५० रुपैयाँ थियो। च्याङ्ग्राको मूल्य प्रतिकिलो १ हजार २५० देखि १ हजार ३५० रुपैयाँसम्म छ।

    खसीको तयारी मासुको मूल्य पनि प्रतिकिलो १ हजार ६०० देखि १ हजार ७०० रुपैयाँसम्म पुगेको छ। गत वर्ष दसैँमा यही मासु प्रतिकिलो १ हजार ३०० देखि १ हजार ४०० रुपैयाँमा बिक्री हुने गरेको थियो।

    यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि दसैँका लागि खसीबोका र च्याङ्ग्रा बिक्री नगर्ने भएपछि उपभोक्ताले निजी बजारकै भर पर्नुपर्ने भएको छ। सडक अवरोध, ढुवानी खर्च र सीमित आपूर्तिका कारण दसैँमा मासुको मूल्य थप बढ्न सक्ने चिन्ता व्यवसायीले व्यक्त गरेका छन्।

    दसैँको परम्परासँग जोडिएको खसीबजारमा अहिले व्यापारीहरू पशु भित्र्याउन र बिक्रीको तयारी गर्न व्यस्त छन्। 

    प्रकाशित मिति :आश्विन २७ २०८३ मंगलवार - १६:२८:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij