Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

सुदूरपश्चिममा प्रतिपक्षी फकाउने प्रयासमा सरकार, फेरि सर्‍यो सदन

सुदूरपश्चिममा प्रतिपक्षी फकाउने प्रयासमा सरकार, फेरि सर्‍यो सदन


  • 540
    Shares

    सुदूरपश्चिममा प्रतिपक्षी फकाउने प्रयासमा सरकार, फेरि सर्‍यो सदन
    images

    काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट पारित गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई पनि सहमतिमा ल्याउने प्रयास थालेको छ। कांग्रेसले बजेटमाथिको छलफल बहिष्कार गर्ने निर्णय गरेपछि सरकारले सदनबाट बजेट पारित गराउन प्रतिपक्षीलाई मनाउने प्रयास गरेको हो।

    मंगलबार बिहान ९ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक दिउँसो १ बजेसम्मका लागि सारिएको थियो। तर, १ बजेका लागि निर्धारित बैठक पनि सुरु हुन नसकेपछि साँझ ५ बजेसम्मका लागि सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

    प्रदेशसभा सचिवालयले १ बजेको बैठक कारणवश स्थगित भएकाले साँझ ५ बजेका लागि सारिएको सूचना सांसदहरूलाई पठाएको छ।

    यता कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले विवादित बजेटमाथिको छलफलमा सहभागी नहुने बताएका छन्। बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षीसँग आवश्यक समन्वय नगरेको भन्दै कांग्रेसले छलफल बहिष्कार गर्ने निर्णय गरेको हो।

    ‘कांग्रेसलाई पनि सहमतिमा ल्याएर बजेट पारित गर्ने सरकारको तयारी छ,’ नेकपाका एक सांसदले भने।

    बजेटलाई लिएर सत्तारूढ दलभित्रै तीव्र असन्तुष्टि देखिएपछि मंगलबार बिहान नेकपाको संसदीय दलको बैठक बसेको थियो। बैठकमा दलभित्र साझा धारणा बनाउने प्रयास गरिए पनि कांग्रेसले बजेटमाथिको छलफल बहिष्कार गर्ने निर्णय गरेपछि सरकारलाई थप चुनौती थपिएको छ।

    यसअघि सत्तारूढ नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० ले बजेटका विवादित विषय छानबिन गर्न संसदीय समिति गठन गर्ने र कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने सहमति गरेको थियो। विवादित विषयलाई छानबिनमार्फत टुंग्याउने र तत्कालका लागि बजेट पारित गर्ने नेकपाको तयारी छ।

    सरकारले मंगलबार अपराह्न ४ बजे सर्वदलीय बैठक राखेर सहमति जुटाउने र साँझ ५ बजे प्रदेशसभा बैठकबाट बजेट पारित गर्ने तयारी गरेको छ।

     

    प्रकाशित मिति :आश्विन २७ २०८३ मंगलवार - १५:५२:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij