Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

एमसीसीको परियोजनाकाे काम धमाधम हुँदै

एमसीसीको परियोजनाकाे काम धमाधम हुँदै


  • 575
    Shares

    एमसीसीको परियोजनाकाे काम धमाधम हुँदै
    images

    काठमाडौं । एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको विद्युत् प्रसारण आयोजनाको ४०० केभी न्यू बुटवल सबस्टेसन निर्माण कार्य निरन्तर अगाडि बढिरहेको जनाएको छ ।

    सबस्टेसन निर्माणअन्तर्गत जीआईएस (ग्यास इन्सुलेटेड स्विचगियर) तथा कन्ट्रोल भवनहरू, ट्रान्सफर्मर जडानस्थलको जग, ग्यान्ट्रीहरू र अन्य उपकरण जडानस्थलको जग निर्माणलगायत मुख्य संरचनाहरूको निर्माण कार्य एमसीए नेपालले जानकारी दिएको छ ।

    निर्माण सम्पन्न भएपछि न्यू बुटवल सबस्टेसन ४०० केभी बुटवल–गोरखपुर प्रसारणलाइनको अन्तिम विन्दुको रूपमा रहनेछ ।

    यसले नेपालको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ बनाउनेछ । थप भरपर्दो विद्युत् आपूर्तिमा सहयोग गर्नुका साथै भारत तथा यस क्षेत्रसँग जलविद्युत् व्यापार गर्ने नेपालको क्षमतामा उल्लेख्य वृद्धि गर्न सघाउ पुर्‍याउनेछ । यसैक्रममा न्यू बुटवल सबस्टेसनदेखि नेपाल–भारत सीमासम्मको १८ किमि प्रसारणलाइनको निर्माण सम्पन्न भएको छ ।

    प्रकाशित मिति :आश्विन २७ २०८३ मंगलवार - १४:२१:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij