२०८३ आश्विन २८ गते बुधवार
काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । हल्का वर्षाको सम्भावना रहेको हो ।
नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली क्षेत्र तथा देशको पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ।
तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भूभागमा थोरै स्थानमा तथा देशका बाँकी हिमाली र पहाडी क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
विभागले राति देशको हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहने बताएको छ ।
कर्णाली प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
हाल पश्चिमी र मनसुनी वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij