२०८३ आश्विन २६ गते सोमवार
तनहुँको आँबुखैरेनी गाउँपालिका-६, डुम्रीडाँडास्थित सडकमा बोलेरो दुर्घटना हुँदा एक नजाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार, सोमबार साँझ बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग २ च ३२६९ नम्बरको बोलेरो उकालोमा ब्याक भई सडकको किनारबाट करिब सात मिटर तल नालीमा खसेको छ।
दुर्घटनामा सात जना घाइते भएका थिए। घाइतेमध्ये आँबुखैरेनी गाउँपालिका-६ खापस्वाराकी ४७ वर्षीया इन्द्रमाया गुरुङको उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा आँबुखैरेनी गाउँपालिका-६, खापस्वाराका ४९ वर्षीय कबहादुर गुरुङ, २१ वर्षीया भारती गुरुङ, १४ वर्षीया अम्बिका गुरुङ, ६९ वर्षीय बकुलाल गुरुङ, ३५ वर्षीय सानोकान्छा गुरुङ र १६ वर्षीया रिश्मा गुरुङ घाइते भएका छन्। उनीहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइहरेको छ।
बोलेरो चालक आँबुखैरेनी गाउँपालिका-६, हिलेखर्कका ३३ वर्षीय लक्ष्मण गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij