Logo

२०८३ आश्विन २६ गते सोमवार

२०८३ आश्विन २६ गते सोमवार

चाडपर्वमा नेपाल टेलिकमको विशेष छुट

चाडपर्वमा नेपाल टेलिकमको विशेष छुट


  • 141
    Shares

    चाडपर्वमा नेपाल टेलिकमको विशेष छुट
    images

    काठमाडौं । नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठलगायतका विभिन्न पर्वहरूको अवसरमा ग्राहकहरूका लागि ‘दसैँ तिहार अफर २०८३’ उपलब्ध गराउने भएको छ। 

    यस अफरअन्तर्गत एफटीटीएच प्याकेज जडानमा छुटका साथै जीएसएम प्रिपेड र पोस्टपेड मोबाइलमा सहुलियत दरका भ्वाइस तथा डेटा प्याकेज लगायतका सुविधा उपलब्ध हुनेछन्।

    कम्पनीका अनुसार असोज २५ देखि कात्तिक ३० गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकहरूलाई ५०० रुपैयाँको जडान शुल्क मिनाहा गरिनेछ। त्यसैगरी १००, १५० र २०० एमबीपीएसको नयाँ वार्षिक प्याकेज लिने ग्राहकहरूलाई १ महिना थप गरी १३ महिनाको प्याकेज उपलब्ध गराइनेछ। 

    यसमा बोनसका रूपमा उपलब्ध हुने मोबाइल डेटा समेत १३ महिनासम्म नै प्रयोग गर्न पाइनेछ। भर्चुअल सेट-टप बक्ससहितको प्याकेज लिने ग्राहकहरूका लागि १ हजार रुपैयाँ छुट पहिलेदेखि नै उपलब्ध छ।

    यसैगरी जीएसएम मोबाइल सेवाका ग्राहकहरूका लागि ४९९ रुपैयाँमा ५ जीबी फेस्टिभल अनलिमिटेड र ६९९ रुपैयाँमा १० जीबी फेस्टिभल अनलिमिटेड प्रिमियम डेटा प्याकेज उपलब्ध गराइएको छ। फेस्टिभल अनलिमिटेड प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन तोकिएको ५ जीबी डेटा खपत भएपछि बाँकी समयावधि २ एमबीपीएसको गतिमा प्रयोग गर्न सक्नेछन्। 

    त्यस्तै फेस्टिभल अनलिमिटेड प्रिमियम प्याकेजमा प्रतिदिन १० जीबी डेटा खपत भएपछि बाँकी समय ३ एमबीपीएसको गतिमा अनलिमिटेड डेटा प्रयोग गर्न पाइनेछ।

    यसका साथै २५० रुपैयाँमा १ हजार मिनेट अल-नेट भ्वाइस सुविधासहितको ‘जोयफुल मिनेट्स’ र ९९ रुपैयाँमा १ हजार अन-नेट एसएमएस सुविधाको ‘फेस्टिभ म्यासेज प्याकेज’ पनि उपलब्ध हुनेछ। यी सबै प्याकेजहरूको समयावधि ३० दिन तोकिएको छ।

    आगामी २०८३ असोज ३० देखि कात्तिक ३० गतेसम्म मोबाइलमार्फत प्याकेज खरिद गरी यो सुविधा लिन सकिनेछ। ग्राहकले आफ्नो मोबाइलबाट *1415*11# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरू खरिद गर्न सक्नेछन्। 

    चाडपर्वका समयमा आफन्तहरूसँग सहज सम्पर्कमा रहन र डिजिटल सेवाको प्रयोग बढाउन यस्ता अफरले सहयोग पुर्‍याउने टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले बताएका छन्।

    प्रकाशित मिति :आश्विन २६ २०८३ सोमवार - १३:४५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij